4 years ago
April 30, 2022
काठमाडौं (हाम्रो खेलकुद) – वर्षाको कारण नेपाल र जिम्बावे ए बीचको पहिलो एकदिवसिय खेल प्रभावित बनेको छ । टियु मैदानमा शनिबार बिहान देखि निरन्तर वर्षा भएको छ । जसको कारण ९ बजे हुनुपर्ने टस हुन सकेको छैन । टियुमा दुबै टोलीका खेलाडी आएपनि वर्षाको कारण खेल प्रभावित बनेको हो ।

दुबै टोलीका खेलाडी पेभेलिएन बक्सम छन् । वर्षा लगातार जारी छ । बर्षा नरोकिएको खण्डमा भने आज खेल हुने सम्भावना कम हुन्छ । समयमै वर्षा रोकिएमा ओभर घटाएर खेल हुनेछ ।
घरेलु टोली नेपालले आइसिसी विश्वकप लिग–२ को तयारी स्वरुप जिम्बावे ए सँग सिरिज खेल्न लागेको हो । यो सिरिजको अन्तर्राष्ट्रिय मान्यता नहुँदा अभ्यास मानिने छ । नेपाल घरेलु मैदान, समर्थक र पछिल्लो लयलाई निरन्तरता दिँदै टेस्ट टोली जिम्बावे ए लाई हराउने सोचमा छ । तर सिनियर टोलीबाट खेलि सकेका ८ खेलाडी सम्मिलित जिम्बावेको ए टोलीलाई हराउन सहज भने हुने छैन । जिम्बावे पनि नेपाललाई घरेलु समर्थक सामू स्तब्ध पार्न चाहन्छ ।
अघिल्लो महिना सानदार प्रदर्शन गरेका दीपेन्द्रसिंह ऐरी र रोहित कुमार पौडेलको असली परिक्षा हुनेछ । रोहितले पपुवा न्युगिनीसँग पहिलो ओडिआई खेलमा १ सय २६ र दीपेन्द्रले दोस्रो ओडिआईमा १ सय ५ रनको शतकीय इनिङ खेलेका थिए । दीपेन्द्रले टि२० आईमा मलेसियाविरुद्ध १ सय १० रनको शतकीय इनिङ खेलेका थिए । उच्च लयमा रहेका दीपेन्द्रको असली परिक्षा हुनेछ । यी दुई ब्याटरको उच्च प्रदर्शन विना नेपालको जित भने कठिन देखिन्छ ।

नेपालको ओपनिङ सुनिल धमला र कुशल भुर्तेलले गर्ने सम्भावना छ । धमला एकदिवसिय खेलाडी हुन् । तर २०१७ पछि नेपाली टोलीबाट खेलेका छैनन् । धमलालाई नेपाली राष्ट्रिय टोलीमा पूनरागमन गर्ने राम्रो अवसर हुनेछ । रोहितले तेस्रो र दीपेन्द्रले चौथो नम्बरमा ब्याटिङ गर्ने सम्भावना छ । नेपाल उनीहरुबाट सानदार प्रदर्शन चाहन्छ ।
पाँचौं नम्बरमा आरिफ शेख र छैटौंमा विकेटकिपर विनोद भण्डारी हुनेछन् । नेपालले करण केसी र सोमपाल कामीलाई प्रमुख बलरको रुपमा खेलाउनेछ । करण राम्रो लयमा छन् । आदिल अन्सारीलाई अलराउन्डरको रुपमा खेलाउने सम्भावना छ । आदिल तल्लोक्रममा आक्रामक ब्याटिङको क्षमता राख्छन् । सन्दीप र सुशान भारी स्पिनरको रुपमा खेल्ने सम्भावना छ ।
यता जिम्बावे ए मा रहेका खेलाडीलाई सिनियर टोलीमा पर्न उत्कृष्ट प्रदर्शन गर्नुपर्ने हुन्छ । २७ वर्षीय ल्यूक जोंगवे नेपाल आउने जिम्बावेका सवैभन्दा ठूला नाम हुन् । उनले १ टेस्ट, २८ ओडिआई र २२ टि२० आई खेल खेलेका छन् । गतवर्ष अप्रिलमा जिम्बावेले पाकिस्तानलाई दोस्रो टि२० खेलमा १९ रनले हराउँदा उनले ३।५ ओभरमा १८ रन खर्चेर ४ विकेट लिँदै प्लेयर अफ द म्याच चुनिएका थिए । दोस्रो र तेस्रो खेलमा वर्तमान समयका उत्कृष्ट ब्याटर बाबर आजमलाई आउट गरेका थिए ।
उनले २०१६ मा ५।१ ओभरमा १ मेडनसहित ६ रन खर्चेर ५ विकेट लिएपछि अफगानिस्तान ओडिआई खेलमा ५८ रनमा अल आउट भएको थियो । २९ वर्षीय न्याउची भिक्टरले जिम्बावेबाट ६ टेस्ट खेल्दै १५ विकेट लिएका छन् । उनी तीव्र गति र योर्करका लागि चिनिन्छन् । यी दुई बलरको सामना गर्न नेपाललाई सहज भने हुने छैन ।
जिम्बावेबाट खेलि सकेका युवा लेग स्पिनर तथा मभुता ब्रेन्डन पनि हाबी बन्न सक्छन् । कप्तान टिनोटेन्डा मुटोम्बोड्जी, तडिवानासे मरुमणि र क्याम्पबेल जोनाथन उसका ब्याटर हुन् । सिनियर टोलीबाट ८ खेलेका खेलाडी हुँदा बलियो टोली देखिन्छ । नेपाललाई यो सिरिजमा गुमाउन केहि छैन । युवा खेलाडीलाई मौका दिँदै उत्कृष्ट प्रदर्शन गर्ने सोचमा हुनेछ । दबाब नहुँदा खुलेर स्वतन्त्र रुपमा आफ्नो शैलीको खेल खेल्ने अवसर हुनेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]