default_image

4 years ago

April 30, 2022

नेपाल र जिम्बावे ए बीचको खेल हुने सम्भावना न्यून

225 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र जिम्बावे ए बीचको पहिलो एकदिवसिय खेल लगातार वर्षाको कारण प्रभावित बनेको छ । टियु मैदानमा शनिबार बिहान देखि निरन्तर वर्षा भएको छ । खेल निर्धारित समय अनुसार ९ : ३० मा हुनुपर्ने हो । तर लगातार वर्षाको कारण खेल हुने सम्भावना न्यून देखिन्छ ।

टियु मैदानमा वर्षा निरन्तर जारी छ । जिम्बावेका दुई खेलाडीले मैदान निरिक्षण गरेर पेभेलिएन फर्किएका छन् । मैदानमा कर्माचारी पनि फर्किएका छन् । जिम्बावेका खेलाडी पेभेलिएनमा हुँदा नेपालका नेटमा अभ्यास गरेका छन् । आउट फिल्ड पुरै भिजेको हुँदा आज खेल हुने सम्भावना कम देखिन्छ । तत्काल वर्षा रोकिएपनि नेपालसँग पानी सुकाउने आधुनिक उपकरण छैन । तर तत्काल वर्षा रोकिने सम्भावना पनि देखिदैन । अम्पायरले ११ बजे मैदानको निरिक्षण गरेर निर्णय लिनेछन् ।

घरेलु टोली नेपालले आइसिसी विश्वकप लिग–२ को तयारी स्वरुप जिम्बावे ए सँग सिरिज खेल्न लागेको हो । यो सिरिजको अन्तर्राष्ट्रिय मान्यता नहुँदा अभ्यास मानिने छ । नेपाल घरेलु मैदान, समर्थक र पछिल्लो लयलाई निरन्तरता दिँदै टेस्ट टोली जिम्बावे ए लाई हराउने सोचमा छ । तर सिनियर टोलीबाट खेलि सकेका ८ खेलाडी सम्मिलित जिम्बावेको ए टोलीलाई हराउन सहज भने हुने छैन । जिम्बावे पनि नेपाललाई घरेलु समर्थक सामू स्तब्ध पार्न चाहन्छ ।

अघिल्लो महिना सानदार प्रदर्शन गरेका दीपेन्द्रसिंह ऐरी र रोहित कुमार पौडेलको असली परिक्षा हुनेछ । रोहितले पपुवा न्युगिनीसँग पहिलो ओडिआई खेलमा १ सय २६ र दीपेन्द्रले दोस्रो ओडिआईमा १ सय ५ रनको शतकीय इनिङ खेलेका थिए । दीपेन्द्रले टि२० आईमा मलेसियाविरुद्ध १ सय १० रनको शतकीय इनिङ खेलेका थिए । उच्च लयमा रहेका दीपेन्द्रको असली परिक्षा हुनेछ । यी दुई ब्याटरको उच्च प्रदर्शन विना नेपालको जित भने कठिन देखिन्छ ।

नेपालको ओपनिङ सुनिल धमला र कुशल भुर्तेलले गर्ने सम्भावना छ । धमला एकदिवसिय खेलाडी हुन् । तर २०१७ पछि नेपाली टोलीबाट खेलेका छैनन् । धमलालाई नेपाली राष्ट्रिय टोलीमा पूनरागमन गर्ने राम्रो अवसर हुनेछ । रोहितले तेस्रो र दीपेन्द्रले चौथो नम्बरमा ब्याटिङ गर्ने सम्भावना छ । नेपाल उनीहरुबाट सानदार प्रदर्शन चाहन्छ ।

पाँचौं नम्बरमा आरिफ शेख र छैटौंमा विकेटकिपर विनोद भण्डारी हुनेछन् । नेपालले करण केसी र सोमपाल कामीलाई प्रमुख बलरको रुपमा खेलाउनेछ । करण राम्रो लयमा छन् । आदिल अन्सारीलाई अलराउन्डरको रुपमा खेलाउने सम्भावना छ । आदिल तल्लोक्रममा आक्रामक ब्याटिङको क्षमता राख्छन् । सन्दीप र सुशान भारी स्पिनरको रुपमा खेल्ने सम्भावना छ ।

यता जिम्बावे ए मा रहेका खेलाडीलाई सिनियर टोलीमा पर्न उत्कृष्ट प्रदर्शन गर्नुपर्ने हुन्छ । २७ वर्षीय ल्यूक जोंगवे नेपाल आउने जिम्बावेका सवैभन्दा ठूला नाम हुन् । उनले १ टेस्ट, २८ ओडिआई र २२ टि२० आई खेल खेलेका छन् । गतवर्ष अप्रिलमा जिम्बावेले पाकिस्तानलाई दोस्रो टि२० खेलमा १९ रनले हराउँदा उनले ३।५ ओभरमा १८ रन खर्चेर ४ विकेट लिँदै प्लेयर अफ द म्याच चुनिएका थिए । दोस्रो र तेस्रो खेलमा वर्तमान समयका उत्कृष्ट ब्याटर बाबर आजमलाई आउट गरेका थिए ।

उनले २०१६ मा ५।१ ओभरमा १ मेडनसहित ६ रन खर्चेर ५ विकेट लिएपछि अफगानिस्तान ओडिआई खेलमा ५८ रनमा अल आउट भएको थियो । २९ वर्षीय न्याउची भिक्टरले जिम्बावेबाट ६ टेस्ट खेल्दै १५ विकेट लिएका छन् । उनी तीव्र गति र योर्करका लागि चिनिन्छन् । यी दुई बलरको सामना गर्न नेपाललाई सहज भने हुने छैन ।

जिम्बावेबाट खेलि सकेका युवा लेग स्पिनर तथा मभुता ब्रेन्डन पनि हाबी बन्न सक्छन् । कप्तान टिनोटेन्डा मुटोम्बोड्जी, तडिवानासे मरुमणि र क्याम्पबेल जोनाथन उसका ब्याटर हुन् । सिनियर टोलीबाट ८ खेलेका खेलाडी हुँदा बलियो टोली देखिन्छ । नेपाललाई यो सिरिजमा गुमाउन केहि छैन । युवा खेलाडीलाई मौका दिँदै उत्कृष्ट प्रदर्शन गर्ने सोचमा हुनेछ । दबाब नहुँदा खुलेर स्वतन्त्र रुपमा आफ्नो शैलीको खेल खेल्ने अवसर हुनेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.