default_image

4 years ago

April 30, 2022

मुम्बईलाई लगातार नौं खेलमा हारको डर

203 views

0 Bookmark

एजेन्सी – पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा आज राजस्थान रोयल्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार साँझ ७ : ४५ मा डिवाई पाटिल स्पोर्ट्स एकेडेमी मुम्बईमा सुरु हुनेछ ।

मुम्बई ८ खेलमा हारका साथ पुछारमा छ । मुम्बई आजको खेलमा पराजित भएमा लगातार नौं खेलमा हारका साथ प्लेअफ दौडबाट औपचारिक रुपमा बाहिरिने पहिलो टोली बन्नेछ । राजस्थान भने ८ खेलमा ६ मा जित र २ मा हारका साथ १२ अंक जोड्दै दोस्रो स्थानमा छ । राजस्थानको लक्ष्य मुम्बईलाई हराउँदै शीर्षस्थानमा उक्लिने हुनेछ । मुम्बईलाई भने लगातार नौं खेलमा हारको डर हुनेछ । बलियो राजस्थानविरुद्ध मुम्बईलाई जित निकाल्न सहज भने हुनेछैन ।

मुम्बईले यस सिजनमा ब्याटिङ र बलिङ दुबैमा कमजोर प्रदर्शन गरेको छ । ओपनर रोहित शर्मा र ईशान किशन यस सिजनमा फ्लप छन् । यी दुई ओपनरबाट मुम्बई उत्कृष्ट प्रदर्शन चाहन्छ । डेवाल्ड ब्रेभिस, सूर्यकुमार यादव र तिलक बर्मा मध्यक्रमका ब्याटर हुन् । मुम्बईले आजको खेलमा तीव्र गतिका बलर जयदेव उनादकटको स्थानमा सचिन तेन्दुलकरका छोरा अर्जुनलाई डेब्यू दिनसक्छ । जस्प्रित बुमराह, ड्यानियल साम्स र राइली मेरीडिथ तीव्र गतिका बलिङ हतियार हुन् । बुमराह पनि यो सिजनमा चल्न सकेका छैनन् ।

यता राजस्थानले ब्याटिङमा सानदार प्रदर्शन गरेको छ । ओपनर जस बटलरले ८ खेलमा ३ शतक र २ अर्धशतकसहित कुल ४ सय ९९ रन बनाएका छन् । उनले मुम्बईविरुद्ध जारी सिजनमा शतक प्रहार गरेका थिए । उनको लय रोक्न मुम्बईलाई मुख्य चुनौतीहुनेछ । शिम्रन हेटमार र सन्जु स्यामसन राम्रो लयमा छन् । तल्लोक्रममा रियान परागले पनि ब्याटिङ सम्हाल्न सक्छन् ।

राजस्थानको तीव्र गतिको बलिङ आक्रामणमा ट्रेन्ट बोल्ट, प्रसिद्ध कृष्णा र कुलदीप सेन रहेका छन् । यी तीनै खेलाडी लयमा छन् । यस सिजनमा सर्वाधिक १८ विकेट लिएका युजभेन्द्र चहल र अनुभवी स्पिनर र र रविचन्द्रन आश्विन छन् । राजस्थानले लगातार सानदार प्रदर्शन गरेको हुँदा टोलीमा परिवर्तन भने सम्भावना कम छ । राजस्थान आफ्ना स्वर्गीय पूर्व खेलाडी शेन वार्नको सम्झनामा आज विशेष जर्सीमा मैदासन उत्रनेछ ।

आजको पहिलो खेलमा गुजरात टाइटन्स र रोयल च्यालेन्जर्स बेंगलोरबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो ३ : ४५ मा ब्रेबोन स्टेडियम मुम्बईमा सुरुहुनेछ । गुजरात ८ खेलमा ७ मा जित र १ मा हार सहित १४ अंकका साथ शीर्षस्थानमा छ । गुजरात आज विजयी भएमा प्लेअफमा स्थान पक्का हुनेछ । बेंगलोर ९ खेलमा ५ मा जित र ४ मा हार सहित पाँचौं स्थानमा छ । बेंगलोरलाई भने यस खेल जित्नुपर्ने दबाब हुनेछ ।

अंक तालिका

गुजरात ८ खेलमा ७ मा जित र १ मा हारका १४ अंक जोड्दै शीर्ष स्थानमा छ । राजस्थान रोयल्स ८ खेलमा ६ मा जित र २ मा हार सहित १२ अंकका साथ दोस्रो स्थानमा छ । लखनऊ ९ खेलमा ६ मा जित र ३ मा हार सहित तेस्रो स्थानमा छ । हैदराबाद ८ खेलमा ५ मा जित र ३ मा हार सहित १० अंकका साथ तेस्रो स्थानमा छ ।

बेंगलोर ९ खेलमा ५ मा जित र ४ मा हार सहित १० अंकका साथ पाँचौं स्थानमा छ । दिल्ली ८ खेलमा ४ मा जित र ४ मा हार सहित छैटौं स्थानमा छ । पन्जाब ९ खेलमा ४ मा जित र ५ मा हार सहित सातौं स्थानमा छ । कोलकाता नाइट राइडर्स ९ खेलमा ३ मा जित र ६ खेलमा हार सहित आठौं स्थानमा छ । चेन्नई ८ खेलमा २ मा जित र ६ मा हार सहित नवौं स्थानमा छ । मुम्बई ८ खेलमा जित बिहीन हुँदै पुछारमा छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.