काठमाडौं (हाम्रो खेलकुद) – नेपालले जिम्बावे ए सँग पहिला तीन टि२० अभ्यास खेल खेल्ने भएको छ । यसअघिको तालिकामा पहिला तीन एकदिवसिय अभ्यास खेल खेल्ने भएपनि वर्षाको कारण नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार परिवर्तन गर्दै नयाँ सार्वजनिक गरेको छ ।

तालिका अनुसार शनिबार नेपाल र जिम्बावे ए बीच पहिलो एकदिवसिय अभ्यास खेल हुने तय थियो । तर लगातार वर्षाको कारण टस पनि हुनपाई स्थगित भएको थियो । आइतबार र सोमबार वर्षाको सम्भावना हुँदा क्यानले टि२० सिरिज पहिलो गर्ने भएको हो ।
यस सिरिज जुनमा अमेरिकामा हुने आइसिसी विश्वकप लिग-२ को तयारी हुँदा तीन एकदिवसिय अभ्यास खेल पुरै खेल्ने सोचका साथ परिवर्तन गरेको अनुमान गर्नसकिन्छ । यो सिरिजले लिष्ट ए र टि२० मान्यता नपाएको हुँदा अभ्यास मात्र मानिनेछ ।

नेपालको टोली :
सन्दीप लामिछाने (कप्तान), दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, रोहित पौडेल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, देव खनाल, सागर ढकाल, विक्रम सोब, किशोर महतो, आदिल अन्सारी, भीम सार्की, सुशान भारी, पवन सरार्फ, अभिनाश बोहरा, बशिर अहमद, लोकेश बम, विवेक यादव, साहब आलम र सुनिल धमला ।
जिम्बावे ए को टोली :
क्याम्पबेल जोनाथन, इभान्स ब्राडली, ग्वान्डु ट्रेभर, ल्यूक जोंगवे, काइया इनोसेन्ट, काइया रोय, मडान्डे क्लाइभ, मारुमणी तादिवानाशे, मसारा जोन, मौन्जे कुडजाई, माभुता ब्रेन्डन, मुन्योंगा टोनी, मुतोम्बोड्जी टिनोटेन्डा, न्याउची भिक्टर, त्सिग्वागा तफाडजवा ।
नेपाल र जिम्बावे ए बीचको खेल तालिक
वैशाख १८ (मे १) पहिलो टि२० : दिउँसो १ बजे
वैशाख १९ (मे २) दोस्रो टि२० : दिउँसो १ बजे
वैशाख २१ (मे ४) तेस्रो टि२० : दिउँसो १ बजे
वैशाख २३ (मे ६) – पहिलो एकदिवसिय, विहान ९ : ३० बजे
वैशाख २४ (मे ७) – दोस्रो एकदिवसिय, विहान ९ः३० बजे
वैशाख २६ (मे ९) – तेस्रो एकदिवसिय, विहान ९ः ३० बजे