default_image

4 years ago

April 30, 2022

कोहलीको पूनरागमन ब्याटिङमा गुजरातलाई प्रतिस्पर्धात्मक लक्ष्य

241 views

0 Bookmark

एजेन्सी – प्रमुख ब्याटर विराट कोहलीको पूनरागमन ब्याटिङमा रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को ४३ औं खेलमा गुजरात टाइटन्सलाई १ सय ७१ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।

ब्रेबोन स्टेडियम मुम्बईमा टस जितेर पहिला ब्याटिङ रोजेको बेंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७० रन बनायो । बेंगलोरका विराट कोहलीले ५३ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ५८ रन बनाए । खराब लयबाट गुज्रिएका कोहलीले सुस्त शैलीमा अर्धशतक पूरा गरेका थिए ।

कोहलीको जारी सिजनमा पहिलो अर्धशतक हो । कोहलीको यसअघिको प्रदर्शन सम्झन लायक थिएन । कोहली सनराइजर्स हैदराबाद र लखनऊ सुपर जायन्ट्सविरुद्ध लगातार गोल्डेन डक हुन पुगेका थिए । कोहलीलाई मोहम्मद शामीले बोल्ड गरे ।

ओपनर फाफ डु प्लेसिस चार बल खेल्दै शून्यमा आउट भए । तर दोस्रो विकेटका कोहली र राजत पाटिदरले ९९ रनको साझेदारी गर्दै राम्रो योगफलको आधार तय गरेका थिए ।

पाटिदर ३२ बलमा ५ चौका र २ छक्कासहित ५२ रनमा क्याच आउट भए । उनलाई जारी आइपिएलमा पहिलो खेल खेलेका बायाँ हाते बलर प्रदीप संगवानले सुभमन गिलबाट क्याच गराए ।

तल्लोक्रमका ग्लेन म्याक्सवेलले १८ बलमा ३ चौका र २ छक्कासहित ३३ रन बनाए । महिपाल लोमरले ८ बलमा २ चौका र १ छक्कासहित १६ रन बनाए । गुजरातका प्रदीप संगवानले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । मोहम्मद शामीले ४ ओभरमा ३९ रन खर्चेर १ विकेट लिए । स्पिनर राशिद खानले ४ ओभरमा २९ रन खर्चेर १ विकेट लिए । लोकी फर्गुसन र अल्जारी जोशेफको नाममा १ (१ विकेट रह्यो ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.