default_image

2 years ago

April 30, 2022

जिम्बावे ए सँग टि२० सिरिज खेल्ने नेपालको टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले जिम्बावे ए सँग खेल्ने तीन टि२० अभ्यास खेलको लागि १७ सदस्य टोली घोषणा गरेको छ । क्यानले शनिबार सन्दीपको कप्तानीमा घरेलु मैदान टियुमा आइतबार देखि सुरु हुने टि२० सिरिजको लागि टोली घोषणा गरेको हो । नेपालले टि२० टोलीमा युवा खेलाडीलाई मौका दिएको छ । पछिल्लो समय […]

95 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले जिम्बावे ए सँग खेल्ने तीन टि२० अभ्यास खेलको लागि १७ सदस्य टोली घोषणा गरेको छ । क्यानले शनिबार सन्दीपको कप्तानीमा घरेलु मैदान टियुमा आइतबार देखि सुरु हुने टि२० सिरिजको लागि टोली घोषणा गरेको हो ।

नेपालले टि२० टोलीमा युवा खेलाडीलाई मौका दिएको छ । पछिल्लो समय घरेलु क्रिकेटमा राम्रो प्रभाव छाडेका बायाँ हाते स्पिन अलराउन्डर बसिर अहमद टोलीमा छन् ।

नेपालले एकदिवसिय सिरिजको लागि भने यसअघिनै १६ सदस्य टोली घोषणा गरेको थियो । तर वर्षाको कारण एकदिवसिय सिरिज अव टि२० पछि हुनेछ । त्यस्तै किशोर महतोलाई पनि नेपालले टि२० टोलीमा राखेको छ । नेपालले विकेटकिपरको रुपमा आसिफ शेखलाई मात्र मौका दिएको छ ।

नेपालको टि२० टोली :

सन्दीप लामिछाने (कप्तान), आसिफ शेख (विकेटकिपर), रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, अभिनाश बोहरा, सागर ढकाल, साहब आलम, किशोर महतो, विवेक यादव, बसिर अहमद, लोकेश बम र भीम सार्की ।

Sunil Dhamala

नेपालको एकदिवसिय टोली :

सन्दीप लामिछाने (कप्तान), आसिफ शेख, देव खनाल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आरिफ शेख, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, सागर ढकाल, विक्रम सोब, किशोर महतो, सुनिल धमला, सुशान भारी र आदिल अन्सारी ।

जिम्बावे ए को टोली :

क्याम्पबेल जोनाथन, इभान्स ब्राडली, ग्वान्डु ट्रेभर, ल्यूक जोंगवे, काइया इनोसेन्ट, काइया रोय, मडान्डे क्लाइभ, मारुमणी तादिवानाशे, मसारा जोन, मौन्जे कुडजाई, माभुता ब्रेन्डन, मुन्योंगा टोनी, मुतोम्बोड्जी टिनोटेन्डा, न्याउची भिक्टर, त्सिग्वागा तफाडजवा ।

नेपाल र जिम्बावे ए बीचको खेल तालिक

वैशाख १८ (मे १) पहिलो टि२० : दिउँसो १ बजे

वैशाख १९ (मे २) दोस्रो टि२० : दिउँसो १ बजे

वैशाख २१ (मे ४) तेस्रो टि२० : दिउँसो १ बजे

वैशाख २३ (मे ६) – पहिलो एकदिवसिय, विहान ९ : ३० बजे

वैशाख २४ (मे ७) – दोस्रो एकदिवसिय, विहान ९ः३० बजे

वैशाख २६ (मे ९) – तेस्रो एकदिवसिय, विहान ९ः ३० बजे

May 3, 2024

रोमाञ्चक खेलमा हैदराबाद १ रनले विजयी

एजेन्सी – सनराईजर्स हैदराबादले राजस्थान रोयल्स माथि रोमाञ्चक जित जीत दर्ता गरेको छ । अन्तिम बलसम्म पुगेको खेलमा राजस्थानलाई हैदराबादले १ रनले पराजित गरेको हो । २०२ रनको लक्ष्य पछ्याएको हैदराबादलाई अन्तिम दुई ओभरमा जितका लागि २० रनको आवश्यकता रहेको थियो । १९औं ओभरमा कप्तान प्याट कमिन्सले ७ रन मात्र दिए । अन्तिम ओभरमा १३ […]

May 2, 2024

कर्णाली राष्ट्रिय लिगमा छनोट हुँदा मधेश बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – महिला राष्ट्रिय लिगको छनोट प्रतियोगिता अन्तर्गत घरेलु टोली कर्णाली आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै राष्ट्रिय लिगमा छनोट भएको छ । विहीबार विहान सुर्खेतको कर्णाली प्रदेश रंगशालामा गण्डकीमाथि २-० को जित दर्ता गर्दै कर्णालीले अंक तालिकाको तेस्रो स्थान पक्का गर्यो । वर्षा ओली र संजिता बम्जनले १-१ गोल गर्दै टोलीको […]

May 2, 2024

वेस्ट इन्डिज ‘ए’ लाई एक खेल अगावै सिरिज उपाधि 

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ ले एक खेल बाँकी छँदै नेपाल विरुद्धको टि-२० सिरिज उपाधि जितेको छ । बिहिवार भएको चौथो खेलमा पनि जित दर्ता गर्दै पाहुना टोलीले एक खेल अगावै ३-१ ले सिरिज जितेको हो । पहिलो खेलमा हार बेहोरेको वेस्ट इन्डिज ‘ए’ ले लगातार तेस्रो जित दर्ता गर्ने क्रममा नेपाललाई २८ […]

Success

Thank you for your time.