12 months ago
December 13, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंंक नेपाल प्रिमियर लिग(एनपिएल) को शुक्रवारको पहिलो खेलमा लुम्बिनीले टस जितेको छ ।
टियु क्रिकेट मैदानमा टस जितेर लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले बलिङ रोजेका हुन् ।
लुम्बिनीले बिहीवार ३ परिवर्तन गरेको छ । लुम्बिनीको टोलीमा पछिल्लो खेलमा खेलेका सुर्य तामाङ, उन्मुक्त चन्द र विवेक यादव बेन्चमा रहेका छन् । उनीहरुको स्थानमा विकास आग्री, बेन कटिङ र तिलकराज भन्डारीले मौका पाएका छन् ।
लुम्बिनी लायन्सको प्लेइङ–११
रोहित पौडेल, सन्दीप जोरा, विकास आग्री, आशुतोष घिरैया, अभिषेश गौतम, अर्जुन साउद, तिलकराज भन्डारी, टम मुर्स, बेन कटिङ, साद वीन जाफर र रेमन सिमोन्डस
कर्णाली भने अघिल्लो खेलमा खेलेको टिमलाई नै निरन्तरता दिएको छ ।
कर्णाली याक्सको प्लेइङ-११
सोमपाल कामी, बाबर हायात, चाडविक वाल्टन९विकेटकिपर०, विलियम बासिस्टो, जिशान मक्सुद, अर्जुन घर्ती, देव खनाल, विपिन शर्मा, गुलशन झा, युनिश विक्रम सिंह ठकुरी, नन्दन यादव
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]