4 years ago
April 30, 2022
एजेन्सी – सर्वाधिक सफल कप्तान महेन्द्रसिंह धोनी इन्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नईको कप्तानीमा फर्किने भएका छन् । धोनीले यसै सिजनदेखि चेन्नईको कप्तानी रविन्द्र जडेडालाई हस्तान्तरण गरेका थिए । तर चेन्नईले जडेजाको कप्तानीमा खराब नतिजा बेहोरेपछि धोनी नै फर्किने भएका हुन् ।

जडेजाले कप्तानी छोड्दै पुन धोनीलाई नै दिएका हुन् । जडेजाले आफ्नो खेलमा ध्यान दिन कप्तानी छोड्दै पुन धोनीलाई गर्न आग्रह गरेको चेन्नईले जनाएको छ । जडेजाको आग्रह मान्दै धोनी पुन कप्तानी गर्ने भएका हुन् । जडेजाले कप्तानी दबाबमा कमजोर प्रदर्शन गरेका छन् । जडेजाको कप्तानीमा चेन्नई ८ खेलमा २ मा जित र ६ मा हार सहित नवौं स्थानमा छ ।
जडेजाले यस सिजनमा ८ खेलमा १ सय १२ रन बनाउँदा ५ विकेट लिएका छन् । अहिलेको प्रदर्शनले जडेजालाई भारतीय टोलीमा स्थान बनाउन कठिन देखिन्छ । चेन्नईले अव आइतबार सनराइजर्स हैदराबादसँग खेल्नेछ । चेन्नईलाई प्लेअफमा पुग्न बाँकी ६ खेलमानै जित निकाल्नु पर्ने हुन्छ ।
धोनीको कप्तानीमा चेन्नईले सन् २०१०, २०११, २०१८ र २०२१ को उपाधि जितेको थियो । २००८, २०१२, २०१३, २०१५ र २०१९ मा उप विजेता बनेको थियो । धोनीले २ सय १३ खेलमा कप्तानी गर्दा १ सय ३० खेलमा जित दिलाएका छन् । धोनीको कप्तानीमा चेन्नई २०२० मा पहिलो पटक लिगबाट बाहिरिएको थियो ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]