default_image

4 years ago

April 30, 2022

बटलरको लगातार चार छक्कासँगै मुम्बईलाई मध्यम लक्ष्य

163 views

0 Bookmark

एजेन्सी – ओपनर जस बटलरले एकै ओभरमा लगातार चारछक्का प्रहार गरेसँगै राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा मुम्बई इन्डियन्सलाई १ सय ५९ रनको मध्यम लक्ष्य दिएको छ ।

डिवाई पाटिल स्पोर्ट्स एकेडेमी मुम्बईमा टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५८ रन बनायो । राजस्थानका जस बटलरले ५२ बलमा ५ चौका र ४ छक्कासहित ६७ रन जोडे । बटलरले रन बनाउन संघर्ष गरेका थिए । १५ ओभरको समाप्तिमा राजस्थानले ३ विकेट गुमाउँदै १ सय २ रन बनाएको थियो ।

त्यस समय बटलरले ४६ बलमा ४३ रन बनाएका थिए । १६ औं ओभरमा बटलरले युवा स्पिनर ऋतिक शोकिनलाई लगातार चार छक्का प्रहार गर्दै सामान्यबाट मध्यम योगफलमा पुर्याएका थिए । पाँचौं बल डट खादा अन्तिम बलमा लङअफमा सूर्यकुमार यादवबाट क्याच भएका थिए ।
जारी आइपिएलमा बटलरले ९ खेलमा ३ शतक र ३ अर्धशतकसहित ५ सय ६६ रनका साथ शीर्षस्थानमा छन् ।

देवदत्त पाडिक्कल १५, सन्जु स्यामसन १६, डर्याल मिचेल १७, रियान पराग ३ र रविचन्द्रन आश्विन २१ रनमा आउट भए । मुम्बईका स्पिनर ऋतिक शोकिनले ३ ओभरमा ४७ रन खर्चेर २ विकेट लिए । राइली मेरीडिथले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.