default_image

4 years ago

April 30, 2022

पाँच पटक च्याम्पियन मुम्बईको पहिलो जित

251 views

0 Bookmark

एजेन्सी – पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा पहिलो जित हात पारेको छ । मुम्बईले शनिबार राती राजस्थान रोयल्सलाई ५ विकेटले हराउँदै लगातार आठ खेलमा हारको यात्रा अन्त्य गरेको छ ।

जितको लागि १ सय ५९ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले १९.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । मुम्बईको जितमा सूर्यकुमार यादवले ३९ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ५१ रनको योगदान दिए । तिलक बर्माले ३० बलमा १ चौका र २ छक्कासहित ३५ रन बनाए ।

तेस्रो विकेटका लागि सूर्य र तिलकले ५६ बलमा ८१ रनको साझेदारी गर्दै जितको आधार तय गरेका थिए । ईशान किशनले १८ बलमा ४ चौका र १ छक्कासहित २६ रन जोड्दै राम्रो इनिङ खेलेका थिए । रोहित शर्मा २ रनमा आउट भए ।

टिम डेविड ९ बलमा २ चौका र १ छक्का सहित २० रनमा अविजित रहे । काइरन पोलार्ड १० रनमा आउट भए । राजस्थानका तीव्र गतिका बलर ट्रेन्ट बोल्ट, प्रसिद्ध कृष्णा, कुलदीप सेन, रविचन्द्रन आश्विन र युजभेन्द्र चहलले १–१ विकेट लिए ।

त्यसअघि डिवाई पाटिल स्पोर्ट्स एकेडेमी मुम्बईमा टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५८ रन बनाएको थियाो । राजस्थानका जस बटलरले ५२ बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ६७ रनको योगदान दिए । बटलरले रन बनाउन संघर्ष गरेका थिए । राजस्थानले १५ ओभरको समाप्तिमा राजस्थानले ३ विकेट गुमाउँदै १ सय २ रन बनाएको थियो ।

त्यस समय बटलरले ४६ बलमा ४३ रन बनाएका थिए । १६ औं ओभरमा बटलरले युवा स्पिनर ऋतिक शोकिनलाई लगातार चार छक्का प्रहार गर्दै सामान्यबाट मध्यम योगफलमा पुर्याएका थिए । पाँचौं बल डट खादा अन्तिम बलमा लङअफमा सूर्यकुमार यादवबाट क्याच भएक थिए । जारी आइपिएलमा बटलरले ९ खेलमा ३ शतक र ३ अर्धशतकसहित ५ सय ६६ रनका साथ शीर्षस्थानमा छन् ।

देवदत्त पाडिक्कल १५, सन्जु स्यामसन १६, डर्याल मिचेल १७, रियान पराग ३ र रविचन्द्रन आश्विन २१ रनमा आउट भए । मुम्बईका स्पिनर ऋतिक शोकिनले ३ ओभरमा ४७ रन खर्चेर २ विकेट लिए । राइली मेरीडिथले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । राजस्थानले सोमबार कोलकाता नाइट राइडर्ससँग खेल्नेछ । मुम्बईले शुक्रबार गुजरात टाइटन्ससँग खेल्नेछ ।

अंक तालिका

गुजरात ९ खेलमा ८ मा जित र १ मा हारका १६ अंक जोड्दै शीर्ष स्थानमा छ । राजस्थान रोयल्स ९ खेलमा ६ मा जित र ३ मा हार सहित १२ अंकका साथ दोस्रो स्थानमा छ । लखनऊ ९ खेलमा ६ मा जित र ३ मा हार सहित तेस्रो स्थानमा छ । हैदराबाद ८ खेलमा ५ मा जित र ३ मा हार सहित १० अंकका साथ तेस्रो स्थानमा छ ।

बेंगलोर १० खेलमा ५ मा जित र ५ मा हार सहित १० अंकका साथ पाँचौं स्थानमा छ । दिल्ली ८ खेलमा ४ मा जित र ४ मा हार सहित छैटौं स्थानमा छ । पन्जाब ९ खेलमा ४ मा जित र ५ मा हार सहित सातौं स्थानमा छ । कोलकाता नाइट राइडर्स ९ खेलमा ३ मा जित र ६ खेलमा हार सहित आठौं स्थानमा छ । चेन्नई ८ खेलमा २ मा जित र ६ मा हार सहित नवौं स्थानमा छ । मुम्बई ९ खेलमा १ मा जित र ८ मा हार सहित पुछारमा छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.