default_image

4 years ago

May 1, 2022

बसिर नेपालको प्लेइङ ११ मा

196 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युवा अलराउन्डर बसिर अहमदले जिम्बावे ए सँगको पहिलो टि२० अभ्यास खेलमा नेपालको प्लेइङ ११ मा रहेका छन् । टियु क्रिकेट मैदानमा जिम्बावे ए का कप्तान टोनी मुनयोङ्गा टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

नेपालले टोलीमा बसिर अहमदलाई मौका दिएको छ । सिनियर टोलीमा डेब्यू गर्न बाकी रहेका बायाँ हाते अलराउन्डर बसिर पहिलो पटक खेल्न लागेका हुन् । यो सिरिजले टि२० मान्यता नपाएको हुँदा अभ्यास मात्र मानिनेछ ।

केहि साता अघि बशिर अहमद भैरहवामा सम्पन्न प्रो क्लब च्याम्पियनसिपका सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द सिरिज) चुनिएका थिए । रुपन्देही(११ लाई च्याम्पियन बनाउन बशिरले सानदार अलराउन्ड प्रदर्शन गरेका थिए ।

रुपन्देहीले फाइनलमा मलेसिया सिनियर टोलीलाई ७ विकेटले हराउँदै च्याम्पियन बनेको थियो । बशिरले प्रतियोगिताभर ५ खेलमा १ सय १९ रन बनाउनुको साथै १० विकेट लिए । बशिर स्पिनसँगै तल्लोक्रममा आक्रामक ब्याटिङको क्षमता बढी राख्ने गर्दछन् ।

नेपालले वर्षाको कारणनै एकदिवसियलाई पछि सारेर टि२० अघि गर्न लागेको हो । नेपाल घरेलु मैदान, समर्थक र पछिल्लो लयलाई निरन्तरता दिँदै टेस्ट टोली जिम्बावे ए लाई हराउने सोचमा छ । तर सिनियर टोलीबाट खेलि सकेका ८ खेलाडी सम्मिलित जिम्बावेको ए टोलीलाई हराउन सहज भने हुने छैन । जिम्बावे पनि नेपाललाई घरेलु समर्थक सामू स्तब्ध पार्न चाहन्छ ।

नेपालको प्लेइङ ११ :

सन्दीप लामिछान (कप्तान), आसिफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, अभिनाश बोहरा, बसिर अहमद ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.