default_image

2 years ago

May 1, 2022

मोहसिनको उत्कृष्ट बलिङमा लखनऊले दिल्लीलाई हरायो

एजेन्सी – युवा तीव्र गतिका बलर मोहसिन खानको उत्कृष्ट बलिङमा लखनऊ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा दिल्ली क्यापिटल्समाथि ६ रनको जित हात पारेको छ । लखनऊ सात खेलमा जितका साथ दोस्रो स्थानमा उक्लिएको छ । जितको लागि १ सय ९६ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ […]

113 views

0 Bookmark

एजेन्सी – युवा तीव्र गतिका बलर मोहसिन खानको उत्कृष्ट बलिङमा लखनऊ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा दिल्ली क्यापिटल्समाथि ६ रनको जित हात पारेको छ । लखनऊ सात खेलमा जितका साथ दोस्रो स्थानमा उक्लिएको छ ।


जितको लागि १ सय ९६ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८९ रन बनायो । दिल्लीका अक्षर पटेल २४ बलमा १ चौका र ३ छक्कासहित ४२ रनमा अविजित रहे । कुलदीप यादव ८ बलमा १ चौका र १ छक्कासहित १६ रनमा अविजित रहे ।

ओपनर पृथ्वी शा ५ र डेविड वार्नर ३ रनमा आउट भए । मिचेल मार्श २० बलमा ३ चौका र ३ छक्कासहित ३७ रनमा आउट भए । ऋषभ पन्त ३० बलमा ७ चौका र १ छक्कासहित ४४ रनमा आउट भए । ललित यादव ३, रोभम्यान पावेल ३५ र शार्दुल ठाकुर १ रनमा आउट भए ।

लखनऊका मोहसिन खानले ४ ओभरमा १६ रन खर्चेर ४ विकेट लिए । दुश्मन्था चामिरा, रवि विश्रोई र कृष्णाप्पा गौथमले १–१ विकेट लिए ।

त्यसअघि वानखडे स्टेडियम मुम्बईमा टस जितेर पहिला ब्याटिङ थालेको लखनऊले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ९५ रन बनायो । ओपनर तथा कप्तान लोकेश राहुलले ५१ बलमा ४ चौका र ५ छक्कासहित सर्वाधिक ७७ रन बनाए ।

दीपक हुडाले ३४ बलमा ६ चौका र १ छक्कसहित ५२ रन जोडे । क्विन्टन डि कक २३, मार्कस स्टोइनिस १७ र क्रुनाल पान्ड्याले ९ रन बनाए । दिल्लीका शार्दुल ठाकुरले ४ ओभरमा ४० रन खर्चेर ३ विकेट लिए ।

अंक तालिका

गुजरात ९ खेलमा ८ मा जित र १ मा हारका १६ अंक जोड्दै शीर्ष स्थानमा छ । लखनऊ १० खेलमा ७ मा जित र ३ मा हार सहित १४ अंक जोड्दै दोस्रो स्थानमा छ । राजस्थान रोयल्स ९ खेलमा ६ मा जित र ३ मा हार सहित १२ अंकका साथ तेस्रो स्थानमा छ । हैदराबाद ८ खेलमा ५ मा जित र ३ मा हार सहित १० अंकका साथ चौथो स्थानमा छ ।

बेंगलोर १० खेलमा ५ मा जित र ५ मा हार सहित १० अंकका साथ पाँचौं स्थानमा छ । दिल्ली ९ खेलमा ४ मा जित र ५ मा हार सहित छैटौं स्थानमा छ । पन्जाब ९ खेलमा ४ मा जित र ५ मा हार सहित सातौं स्थानमा छ । कोलकाता नाइट राइडर्स ९ खेलमा ३ मा जित र ६ खेलमा हार सहित आठौं स्थानमा छ । चेन्नई ८ खेलमा २ मा जित र ६ मा हार सहित नवौं स्थानमा छ । मुम्बई ९ खेलमा १ मा जित र ८ मा हार सहित पुछारमा छ ।

April 26, 2024

बेयरस्टोको शतकमा पन्जाबको सानदार जित

एजेन्सी – जोनी बेयरस्टोले सानदार नटआउट शतक बनाएपछि पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हराएको छ । २ सय ६२ रनको लक्ष्य पछ्याएको पन्जाबका लागि बेयरस्टोको शतकसँगै प्रभसिमरन सिंह र शंशाक सिंहले अर्धशक बनाएपछि ८ बलअघि २ विकेटको नोक्सानीमा पूरा गरेको थियो । ४८ बलमा बेयरस्टोले ९ छक्का […]

April 26, 2024

विश्वकप जति नजिक, टोलीको भविष्य त्यति अनिश्चित

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीले अबको ५ सातामा आइसीसी मेन्स टि२० विश्वकप अन्तर्गत पहिलो खेल खेल्नेछ । तर विश्वकप खेल्ने मिति नजिकिंदै जाँदा नेपाली टोलीमा खेलाडी संख्या घट्दै जानुपर्नेमा तयारीको अन्तिम सिरिजको पूर्व सन्ध्यामा आएर अप्रत्याशित रुपमा बढेको छ । विश्वकपको तयारीका लागि भारतको गुजरातमा मैत्रीपूर्ण सिरिज खेल्न नेपालले १५ सदस्यीय टोली घोषणा […]

April 26, 2024

वेस्ट इन्डिज ‘ए’लाई मन्त्री श्रेष्ठको शुभकामना

काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकूद मन्त्री बिराजभक्त श्रेष्ठले नेपाल‌ भ्रमणमा रहेको वेस्ट इन्डिज ‘ए’ टिमसँग भेट गरेका छन्। नेपाली क्रिकेट टोलीसँग शनिबार सुरु हुने ५ टि ट्वान्टी सिरिजका लागि मन्त्री श्रेष्ठले वेस्ट इन्डिज ‘ए’ टोलीलाई सफलता शुभकामना दिएका हुन् । आज साँझ मन्त्री श्रेष्ठले वेस्ट इन्डिजको ‘ए’ टिमका खेलाडी तथा प्रशिक्षकसँग भेटेर नेपाल सरकारको […]

Success

Thank you for your time.