4 years ago
May 1, 2022
एजेन्सी – ओपनर ऋतुराज गायकवाड र डेभन कन्वेको सानदार ब्याटिङको सहयोगमा चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा सनराइजर्स हैदराबादलाई २ सय ३ रनको विशाल लक्ष्य दिएको छ ।

महाराष्ट्र क्रिकेट एसोसियसन स्टेडियम पुणेमा टस हारेर पहिला ब्याटिङ थालेको चेन्नईले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २ सय २ रन बनायो । चेन्नईका ओपनर ऋतुराज गायकवाडले ५७ बलमा ६ चौका र ६ छक्कासहित सर्वाधिक ९९ रनको योगदान दिए । डेभन कन्वे ५५ बलमा ८ चौका र ५ छक्कासहित ८५ रनमा अविजित रहे ।
तीव्र गतिका बलर टि नटराजनको १८ औं ओभरको पाँचौं बलमा गायकवाड व्याकवाड प्वाइन्टमा भुवनेश्वर कुमारबाट क्याच भए । गायकवाड आइपिएलमा आफ्नो दोस्रो शतक बनाउन एक रनले चुके । यसअघि गायकवाडले गतवर्ष राजस्थान रोयल्ससँग १ सय १ रनको अविजित शतकीय इनिङ खेलेका थिए ।
यो खेलसँगै महेन्द्रसिंह धोनी पनि कप्तानको रुपमा फर्किएका छन् । यसअघि यस सिजनदेखि कप्तानी छाडेपनि रविन्द्र जडेजाले पुन धोनीलाईनै कप्तानीमा सुम्पिएका हुन् । धोनीले डेभन कन्वेलाई ओपनिङ गराउँदै पुन एक उत्कृष्ट कप्तानको उदाहरण प्रस्तुत गरे ।
कन्वेले पहिलो खेलमा कोलकाता नाइट राइडर्ससँगको खेलपछि मौका पाएका थिएनन् । धोनी कप्तानको रुपमा पूनरागमन गर्दै कन्वेलाई ओपनिङ गराउँदा उनले पनि सानदार प्रदर्शन गरे ।
पहिलो विकेटका लागि कन्वे र गायकवाडले १७.५ ओभरमा १ सय ८२ रनको साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका थिए । धोनी ८ रनमा आउट भए । टि नटराजनले ४ ओभरमा ४२ रन खर्चेर २ विकेट लिए ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]