default_image

4 years ago

May 1, 2022

धोनी कप्तानमा फर्किदा चेन्नई विजयी

182 views

0 Bookmark

एजेन्सी – विश्व क्रिकेटका एक सफल कप्तान महेन्द्रसिंह धोनी कप्तानमा फर्किदा चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा सनराइजर्स हैदराबादलाई १३ रनले पराजित गरेको छ । तेस्रो जितसँगै चेन्नईले प्लेअफको अंक गणतीतिय सम्भावना कामयै राखेको छ ।

जितको लागि २ सय ३ रनको विशाल लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८९ रन बनायो । हैदराबादका विकेटकिपर निकोलस पुरन ३३ बलमा ३ चौका र ६ छक्कासहित ६४ रनमा अविजित रहेपनि टोलीको हार टार्न सकेनन् ।

केन विलियम्सन ३७ बलमा २ चौका र २ छक्कासहित ४७ रनमा आउट भए । ओपनर अभिषेक शर्मा २४ बलमा ५ चौका र १ छक्कासहित ३९ रनमा आउट भए । राहुल त्रिपाठी गोल्डेन डक र एडेन माक्ररम १७ रनमा आउट भए ।

चेन्नईका तीव्र गतिका बलर मुकेश चौधरीले ४ ओभरमा ४६ रन खर्चेर ४ विकेट लिए । ड्वेन प्रिटोरियोस र मिचेल सान्टनारले १–१ विकेट लिए ।

त्यसअघि महाराष्ट्र क्रिकेट एसोसियसन स्टेडियम पुणेमा टस हारेर पहिला ब्याटिङ थालेको चेन्नईले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २ सय २ रन बनाएको थियो । चेन्नईका युवा ओपनर ऋतुराज गायकवाडले ५७ बलमा ६ चौका र ६ छक्कासहित सर्वाधिक ९९ रनको योगदान दिए ।

तीव्र गतिका बलर टि नटराजनको १८ औं ओभरको पाँचौं बलमा गायकवाड व्याकवाड प्वाइन्टमा भुवनेश्वर कुमारबाट क्याच भए । गायकवाड आइपिएलमा आफ्नो दोस्रो शतक बनाउन एक रनले चुके । यसअघि गायकवाडले गतवर्ष राजस्थान रोयल्ससँग १ सय १ रनको अविजित शतकीय इनिङ खेलेका थिए ।

अर्का ओपनर डेभन कन्वे ५५ बलमा ८ चौका र ५ छक्कासहित ८५ रनमा अविजित रहे । पहिलो विकेटका लागि कन्वे र गायकवाडले १७.५ ओभरमा १ सय ८२ रनको साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका थिए । धोनी ८ रनमा आउट भए ।

यो खेलसँगै महेन्द्रसिंह धोनी पनि कप्तानको रुपमा फर्किएका छन् । यसअघि यस सिजनदेखि कप्तानी छाडेपनि रविन्द्र जडेजाले पुन धोनीलाईनै कप्तानीमा सुम्पिएका हुन् । धोनीले डेभन कन्वेलाई ओपनिङ गराउँदै पुन एक उत्कृष्ट कप्तानको उदाहरण प्रस्तुत गरे ।

कन्वेले पहिलो खेलमा कोलकाता नाइट राइडर्ससँगको खेलपछि मौका पाएका थिएनन् । धोनी कप्तानको रुपमा पूनरागमन गर्दै कन्वेलाई ओपनिङ गराउँदा उनले पनि सानदार प्रदर्शन गरे । ड्वेन ब्राभोको स्थानमा कन्वेले मौका पाएका थिए । हैदराबादका टि नटराजनले ४ ओभरमा ४२ रन खर्चेर २ विकेट लिए ।

चेन्नईले अव बुधबार रोयल च्यालेन्जर्स बेंगलोरसँग खेल्नेछ । चेन्नई प्ले अफमा पुग्न बाँकी ५ खेलमा जित निकाल्नु पर्ने हुन्छ । बाँकी ५ खेलमा जित निकाल्दा कुल १६ अंक हुने हुँदा प्लेअफको सम्भावना देखिन्छ । हैदराबादले बिहीबार दिल्ली क्यापिटल्ससँग खेल्नेछ । हैदराबाद भने प्लेअफ दौडमा बलियो अवस्थामा छ ।

अंक तालिका

गुजरात ९ खेलमा ८ मा जित र १ मा हारका १६ अंक जोड्दै शीर्ष स्थानमा छ । लखनऊ १० खेलमा ७ मा जित र ३ मा हार सहित १४ अंक जोड्दै दोस्रो स्थानमा छ । राजस्थान रोयल्स ९ खेलमा ६ मा जित र ३ मा हार सहित १२ अंकका साथ तेस्रो स्थानमा छ । हैदराबाद ९ खेलमा ५ मा जित र ४ मा हार सहित चौथो स्थानमा छ ।

बेंगलोर १० खेलमा ५ मा जित र ५ मा हार सहित १० अंकका साथ पाँचौं स्थानमा छ । दिल्ली ९ खेलमा ४ मा जित र ५ मा हार सहित छैटौं स्थानमा छ । पन्जाब ९ खेलमा ४ मा जित र ५ मा हार सहित सातौं स्थानमा छ । कोलकाता नाइट राइडर्स ९ खेलमा ३ मा जित र ६ खेलमा हार सहित आठौं स्थानमा छ । चेन्नई ९ खेलमा ३ मा जित र ६ मा हार सहित नवौं स्थानमा छ । मुम्बई ९ खेलमा १ मा जित र ८ मा हार सहित पुछारमा छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.