4 years ago
May 4, 2022
एजेन्सी – पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा शीर्षस्थानको गुजरात टाइटन्समाथि ८ विकेटको सहज जित हात पारेको छ । पन्जाबले पाँचौं जितका साथ प्लेअफको सम्भावना कामयै राखेको छ ।

जितको लागि १ सय ४४ रनको विजयी लक्ष्य पछ्याएको पन्जाबले १६ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । पन्जाबको जितमा शिखर धवन ५३ बलमा ८ चौका र १ छक्कासहित ६२ रनमा अविजित रहे । भानुका राजपक्षे २८ बलमा ५ चौका र १ छक्कासहित ४० रनमा आउट भए ।
लियाम लिभिङस्टोन १० बलमा २ चौका र ३ छक्कासहित ३० रनमा अविजित रहे । १६ औं ओभरमा लियाम लिभिङस्टोनले तीव्र गतिका बलर मोहम्मद शामीलाई लगातार तीन छक्कासहित कुल २८ रन जोड्दै खेल सहज जित दिलाएका थिए ।
गुजरातका मोहम्मद शामी र लोकी फर्गुसनले १-१ विकेट लिए । त्सअघि डिवाई पाटिल स्पोर्ट्स एकेडेमी मुम्बईमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४३ रन बनायो ।
गुजरातका शाई सुदर्शनले ५० बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ६५ रनमा अविजित रहे । अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् । ऋद्धिमान शाह २१, सुभमन गिल ९, डेविड मिलर र राहुल टेवाटिया ११–११ रनमा आउट भए । पन्जाबका कागिसो रबाडाले ४ ओभरमा ३३ रन खर्चेर ४ विकेट लिए ।
अंक तालिका
गुजरात १० खेलमा ८ मा जित र २ मा हारका १६ अंक जोड्दै शीर्ष स्थानमा छ । लखनऊ १० खेलमा ७ मा जित र ३ मा हार सहित १४ अंक जोड्दै दोस्रो स्थानमा छ । राजस्थान रोयल्स १० खेलमा ६ मा जित र ४ मा हार सहित १२ अंकका साथ तेस्रो स्थानमा छ । हैदराबाद ९ खेलमा ५ मा जित र ४ मा हार सहित चौथो स्थानमा छ ।
पन्जाब १० खेलमा ५ मा जित र ५ मा हार सहित पाँचौं स्थानमा छ । बेंगलोर १० खेलमा ५ मा जित र ५ मा हार सहित १० अंकका साथ छैटौं स्थानमा छ । दिल्ली ९ खेलमा ४ मा जित र ५ मा हार सहित सातौं स्थानमा छ । कोलकाता नाइट राइडर्स १० खेलमा ४ मा जित र ६ खेलमा हार सहित आठौं स्थानमा छ ।
चेन्नई ९ खेलमा ३ मा जित र ६ मा हार सहित नवौं स्थानमा छ । मुम्बई ९ खेलमा १ मा जित र ८ मा हार सहित पुछारमा छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]