default_image

2 years ago

May 4, 2022

सिधै टि२० विश्वकप खेल्ने सोचमा रहेको नेपाललाई धक्का

काठमाडौं (हाम्रो खेलकुद) – सन् २०२४ मा वेस्टइन्डिज र अमेरिकामा हुने टि२० विश्वकप वरियता आधारमा सिधैं खेल्ने अवसर रहेको नेपाललाई धक्का लागेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले बुधबार सार्वजनिक गरेको नयाँ विश्व वरियतामा ओडिआई र टि२० आई दुबैमा खस्किएको छ । टि२० आईमा पनि नेपालको एक स्थान खस्किदै १३ औं स्थानमा पुगेको छ […]

169 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सन् २०२४ मा वेस्टइन्डिज र अमेरिकामा हुने टि२० विश्वकप वरियता आधारमा सिधैं खेल्ने अवसर रहेको नेपाललाई धक्का लागेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले बुधबार सार्वजनिक गरेको नयाँ विश्व वरियतामा ओडिआई र टि२० आई दुबैमा खस्किएको छ । टि२० आईमा पनि नेपालको एक स्थान खस्किदै १३ औं स्थानमा पुगेको छ । टि२० वरियता खस्किदा नेपाललाई धक्का लागेको छ । नेपाललाई अव वरियता बढाउनु पर्ने दबाब रहनेछ ।

आगमी अक्टोबर र नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकपबाट शीर्ष ८ टोली सोझैं छनोट हुने छन् । टि२० वरियतामा ती आठ देश बाहेक शीर्ष वरियतामा रहेका दुई टोलीले सोझैं विश्वकप खेल्नेछन् । वरियता २०२२ नोभेम्बर १४ मा सम्मकोलाई आधार मानिनेछ ।

टि२० वरियता खस्किदा नेपाललाई भने केहि धक्का लागेको छ । नेपाल वरियताको आधारमा सिधै विश्वकपमा छनोट नभएमा एसिया क्षेत्रबाट दुई कोटामा पर्नुपर्ने हुन्छ । नेपाल ओडिआईमा एक स्थान खस्किदै १९ औं स्थानमा पुगेको छ । ओडिआई वरियतामा नेपाल भन्दापछि पपुवा न्युगिनी २० औं स्थानमा छ ।

१८ औं स्थानमा अमेरिका उक्लिएको छ । १७ औं स्थानमा नामिबिया, १६ औं स्थानमा ओमान र जिम्बावे १५ औं स्थानमा छ । ओडिआईमा शीर्षस्थानमा न्युजिल्यान्ड शीर्ष, इंग्ल्यान्ड दोस्रो, अष्ट्रेलिया तेस्रो र भारत चौथो स्थानमा छन् ।

टि२० आई वरियतामा १२ औं स्थानमा युएई उक्लिएको छ । आयरल्यान्ड १४ औं, स्टकल्यान्ड १५ औं, नामिबिया १६ औं र ओमान १७ औं स्थानमा छन् । टि२० आई विश्व वरियता शीर्षस्थानमा भारत, इंग्ल्यान्ड दोस्रो, पाकिस्तान तेस्रो र दक्षिण अफ्रिका चौथो स्थानमा छ ।

May 4, 2024

कोलकत्ताको मुम्बईविरुद्ध जित

एजेन्सी – कोलकत्ता नाइट राइडर्सले मुम्बई इंडियन माथि जित दर्ता गरेको छ । १२ वर्ष पछि मुम्बईलाई मुम्बईकै घरेलु मैदानमा पराजित गर्ने क्रममा कोलकत्ताले २४ रनको जित दर्ता गरेको हो । कोलकत्ताले दिएको १७० रनको लक्ष्य पछ्याएको मुम्बई १८.५ ओभरमा १४५ रनमा समेटियो । मुम्बईका सूर्यकुमार यादवले ३५ बलमा ५६ रन बनाए । यस्तै टिम […]

May 3, 2024

विश्वकप अगावै छनोट भएको पुरस्कार दिलाउन खेलकुद मन्त्रालयको प्रयास

काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्वकप छनोट भएवापत प्राप्त गर्नुपर्ने पुरस्कार रकम विश्वकप सुरु हुनु अगावै प्रदान गर्न पहल गरिरहेको जानकारी दिएका छन् । विश्वकपका लागि प्रस्थान गर्ने टोलीलाई बिदाइ गर्न आयोजना गरिएको कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले अर्थ मन्त्रालयसँग समन्वय गरेर मन्त्रिपरिषद्को बैठकबाट नै पुरस्कार सम्बन्धि […]

May 3, 2024

नेपाल आएका ३ खेलाडी वेस्ट इन्डिजको विश्वकप टोलीमा

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ए सँगै नेपाल भ्रमणमा आएका तीन खेलाडी समेट्दै सह-आयोजक वेस्ट इन्डिजले आईसिसी टि-२० विश्वकपका लागि टोलीको घोषणा गरेको छ । नेपालमा उत्कृष्ट प्रदर्शन गरेका तीन खेलाडी टोलीमा अटाएका छन् । नेपालमा रहेका वेस्ट इन्डिज ए टोलीका कप्तान रोस्टन चेज, ओपनिङ ब्याटर जोन्सन चार्ल्स र बायाँ हाते अल-राउन्डर गुडकेश मोती […]

Success

Thank you for your time.