default_image

4 years ago

May 4, 2022

चेन्नईलाई हराउँदै बेंगलोर चौथो स्थानमा

217 views

0 Bookmark

एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलोरले इन्डिन प्रिमियर लिग (आइपिएल) २०२२ मा चेन्नई सुपर किंग्सलाई १३ रनले हराएको छ । बेंगलोर छैटौं जितका साथ अंक तालिकामा चौथो स्थानमा उक्लिदै प्ले अफको सम्भावना बलियो बनाएको छ ।

जितको लागि १ सय ७४ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६० रन बनायो । चेन्नईका ओपनर डेभन कन्वेले ३७ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ५६ रन बनाए । ओपनर ऋतुराज गायकवाड २३ बलमा ३ चौका र १ छक्कासहित २८, रोविन उथप्पा १, अम्बाती रायुडू १० र रविन्द्र जडेजा ३ रनमा आउट भए ।

मोईन अली २७ बलमा २ चौका र २ छक्कासहित ३४ रनमा आउट भए । महेन्द्रसिंह धोनी २, ड्वेन प्रिटोरियस १३ र महेश थिक्सनाले ७ रन बनाए । बेंगलोरका हर्षल पटेलले ४ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए । ग्लेन म्याक्सवेलले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । शहबाज अहमद, जोश हेजलवुड र वानिन्दु हसरंगाले १–१ विकेट लिए ।

त्यसअघि महाराष्ट्र क्रिकेट एसोसियसन पुणेमा टस हारेर ब्याटिङको निम्तो पाएको बेंगलोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७३ रन बनायो । बेंगलोरका महिपाल लोमरले २७ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ४२ रन बनाए ।

बेंगलोरलाई ओपनर विराट कोहली र फाफ डु प्लेसिसले पहिलो विकेटका लागि ७.२ ओभरमा ६२ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए ।

मोईन अलीको बलमा बोल्ड हुनुअघि कोहलीले ३३ बलमा ३ चौका र १ छक्कासहित ३० रन बनाए । डु प्लेसिसले २२ बलमा ४ चौका र १ छक्कासहित ३८ रन बनाए । ग्लेन म्याक्सवेल ३, साजत पाटिदर २१ र दीनेश कार्तिक २६ रनमा आउट भए । चेन्नईका स्पिनर महेश थिक्सनाले ४ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए ।

मोईन अलीले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । ड्वेन प्रिटोरियसको नाममा १ विकेट रह्यो । चेन्नईले आइतबार दिल्ली क्यापिटल्ससँग खेल्नेछ । बेंगलोरले सहि दिन सनराइजर्स हैदराबादविरुद्ध खेल्नेछ ।

अंक तालिका

गुजरात १० खेलमा ८ मा जित र २ मा हारका १६ अंक जोड्दै शीर्ष स्थानमा छ । लखनऊ १० खेलमा ७ मा जित र ३ मा हार सहित १४ अंक जोड्दै दोस्रो स्थानमा छ । राजस्थान रोयल्स १० खेलमा ६ मा जित र ४ मा हार सहित १२ अंकका साथ तेस्रो स्थानमा छ ।

बेंगलोर ११ खेलमा ६ मा जित र ५ मा हार सहित १२ अंकका साथ चौथो स्थानमा छ । हैदराबाद ९ खेलमा ५ मा जित र ४ मा हार सहित पाँचौं स्थानमा छ । पन्जाब १० खेलमा ५ मा जित र ५ मा हार सहित छैटौं स्थानमा छ । दिल्ली ९ खेलमा ४ मा जित र ५ मा हार सहित सातौं स्थानमा छ ।

कोलकाता नाइट राइडर्स १० खेलमा ४ मा जित र ६ खेलमा हार सहित आठौं स्थानमा छ । चेन्नई १० खेलमा ३ मा जित र ७ मा हार सहित नवौं स्थानमा छ । मुम्बई ९ खेलमा १ मा जित र ८ मा हार सहित पुछारमा छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.