4 years ago
May 5, 2022
एजेन्सी – ओपनर डेविड वार्नर र रोभम्यान पावेलको सानदार ब्याटिङमा दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को ५० औं खेलमा सनराइजर्स हैदराबादलाई २ सय ८ रनको विशाल लक्ष्य दिएको छ ।

ब्रेबोन स्टेडियम मुम्बईमा टस हारेर ब्याटिङ थालेको दिल्लीले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ८ रन बनायो । दिल्लीका डेविड वार्नर ५८ बलमा १२ चौका र ३ छक्कासहित ९२ रनमा अविजित रहे ।
रोभम्यान पावेलले ३५ बलमा ३ चौका र ६ छक्कासहित ६७ रनको अविजित आक्रामक इनिङ खेले । चौथो विकेटका लागि पावेल र वार्नरले ६६ बलमा १ सय २२ रनको अविजित साझेदारी गर्दै विशाल योगफलमा पुर्याए ।
ओपनर पृथ्वी शा घाइत हुँदा उनको स्थानमा आएका मन्दीपसिंह भुवनेश्वर कुमारको बलमा शून्यमा क्याच भए । मिचेल मार्श १० र ऋषभ पन्त २६ रनमा आउट भए । पन्तले १६ बलमा १ चौका र ३ छक्का प्रहार गरे ।
हैदराबादका भुवनेश्वर कुमार, शेन एबोट र श्रेयस गोपालले १–१ विकेट लिए ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]