default_image

4 years ago

May 5, 2022

हैदराबादलाई हराएसँगै दिल्लीको प्लेअफ सम्भावना कायमै

313 views

0 Bookmark

एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा सनराइजर्स हैदराबादलाई २१ रनले हराएको छ । दिल्लीले पाँचौं जितका साथ अंक तालिकामा पाँचौं स्थानमा उक्लिदै प्लेअफको सम्भावना कायमै राखेको छ ।

जितको लागि २ सय ८ रनको विशाल विजयी लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८६ रन बनायो । हैदराबादका विकेटकिपर निकोलस पुरनले ३४ बलमा २ चौका र ६ छक्कासहित सर्वाधिक ६२ रनको इनिङ खेले पनि टोलीको हार टार्न सकेनन् ।
मध्यक्रमका एडेन माक्ररमले २५ बलमा ४ चौका र ३ छक्कासहित ४२ रनमा आउट भए । अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् । ओपनर अभिषेक शर्मा ७ र कप्तान केन विलियम्सन ४ रनमा आउट भए । राहुल त्रिपाठी २२, शशांक सिंह १० र शेन एबोटले ७ रन बनाए ।

दिल्लीका खलिल अहमदले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । शार्दुल ठाकुरले २, एनरिच नोर्किया, कुलदीप यादव र मिचेल मार्शले १–१ विकेट लिए ।

त्यसअघि ब्रेबोन स्टेडियम मुम्बईमा टस हारेर ब्याटिङ थालेको दिल्लीले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ८ रन बनायो । दिल्लीका डेविड वार्नर ५८ बलमा १२ चौका र ३ छक्कासहित ९२ रनमा अविजित रहे । वार्नरले पूर्व टोली हैदराबाविरुद्ध एक सानदार इनिङ खेलेका थिए ।

रोभम्यान पावेलले ३५ बलमा ३ चौका र ६ छक्कासहित ६७ रनको अविजित आक्रामक इनिङ खेले । चौथो विकेटका लागि पावेल र वार्नरले ६६ बलमा १ सय २२ रनको अविजित साझेदारी गर्दै विशाल योगफलमा पुर्याए ।

ओपनर पृथ्वी शा घाइत हुँदा उनको स्थानमा आएका मन्दीपसिंह भुवनेश्वर कुमारको बलमा शून्यमा क्याच भए । मिचेल मार्श १० र ऋषभ पन्त २६ रनमा आउट भए । पन्तले १६ बलमा १ चौका र ३ छक्का प्रहार गरे । हैदराबादका भुवनेश्वर कुमार, शेन एबोट र श्रेयस गोपालले १–१ विकेट लिए ।

यो जितसँगै दिल्लीको प्लेअफ सम्भावना कायमै राखेको छ । बाँकी चार मध्य कम्तिमा तीन खेलमा जित निकाल्न सके १६ अंकका साथ प्ले अफमा पुग्नेछ । दिल्ली अव आइतबार चेन्नई सुपर किंग्स, बुधबार राजस्थान रोयल्स, १६ मे मा पन्जाब किंग्स र २१ मे मा मुम्बईसँग खेल्नेछ ।

हैदराबादले प्लेअफमा पुग्न बाँकी चार मध्य कम्तिमा तीन खेलमा जित निकाल्नु पर्छ । आइतबार रोयल च्यालेन्जर्स बेंगलोर, १४ मे मा कोलकाता नाइट राइडर्स, १७ मे मा मुम्बई इन्डियन्स र २२ मे मा पन्जाबसँग खेल्नेछ ।

यस सिजनमा मुम्बई र चेन्नईको प्लेअफ सम्भावना अनौपचारिक रुपमा सकिएको छ । गुजरातको प्लेअफ सम्भावना पक्का जस्तै हुँदा अन्य टोली दौडमा छन् ।

अंक तालिका

गुजरात १० खेलमा ८ मा जित र २ मा हारका १६ अंक जोड्दै शीर्ष स्थानमा छ । लखनऊ १० खेलमा ७ मा जित र ३ मा हार सहित १४ अंक जोड्दै दोस्रो स्थानमा छ । राजस्थान रोयल्स १० खेलमा ६ मा जित र ४ मा हार सहित १२ अंकका साथ तेस्रो स्थानमा छ ।

बेंगलोर ११ खेलमा ६ मा जित र ५ मा हार सहित १२ अंकका साथ चौथो स्थानमा छ । दिल्ली १० खेलमा ५ मा जित र ५ मा हार सहित पाँचौं स्थानमा छ । हैदराबाद १० खेलमा ५ मा जित र ५ मा हार सहित छैटौं स्थानमा छ । पन्जाब १० खेलमा ५ मा जित र ५ मा हार सातौं सहित स्थानमा छ ।

कोलकाता नाइट राइडर्स १० खेलमा ४ मा जित र ६ खेलमा हार सहित आठौं स्थानमा छ । चेन्नई १० खेलमा ३ मा जित र ७ मा हार सहित नवौं स्थानमा छ । मुम्बई ९ खेलमा १ मा जित र ८ मा हार सहित पुछारमा छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.