4 years ago
May 6, 2022
काठमाडौं(हाम्रो खेलकुद) – नेपालले जिम्बावे ए सँग आज पहिलो एकदिवसिय अभ्यास खेल खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ९ ः ३० मा टियु मैदानमा सुरु हुनेछ ।

दुबै टोली जितका साथ सिरिजमा १–० को अग्रता लिन चाहन्छन् । तीन टि२० अभ्यास खेल १–१ को बराबरीमा सकिएको थियो । नेपाल पहिलो खेलमा ६ विकेटले पराजित हुँदा, दोस्रो खेल वर्षाको कारण रद्द र तेस्रो खेलमा ८ विकेटको जित निकाल्दै सिरिज बराबरी गरेको थियो ।
नेपालले एकदिवसियको लागि फरक टोली घोषणा गरेको छ । आजको खेलमा ओपनर आसिफ शेख र सुनिल धमला मैदान उत्रने सम्भावना छ । पछिल्लो खेलमा आसिफले ८७ रनको अविजित इनिङ खेलेका थिए । धमला ५० ओभरका खेलाडी मानिन्छन् ।
तेस्रो नम्बरमा देव खनाल, चौथो नम्बरमा रोहित कुमार पौडेल र पाँचौं नम्बरमा दीपेन्द्रसिंह ऐरी हुनेछन् । नेपालका प्रमुख ब्याटर दीपेन्द्र र रोहितको उच्च प्रदर्शन विना जित पनि कठिन देखिन्छ । विकेटकिपरमा विनोद भण्डारी र आरिफ शेख तल्लोक्रम सम्हाल्ने छन् । तीव्र गतिका बलरमा करण केसी र सोमपाल कामी हुनेछन् ।

तेस्रो बलरको रुपमा आरिफ हुनेछन् । स्पिनरमा सन्दीप लामिछाने र सागर ढकालको सम्भावना छ । दीपेन्द्र पार्टटाइम स्पिनर हुनेछन् । यता जिम्बावे ए का ओपनर तडिवाशाने मरुमानी र कप्तान टोनी मन्योंगा राम्रो लयमा छन् । टोली आक्रामक इनिङ खेल्दै आएका छन् । इनोसेन्ट कैया र रोय कैया पनि राम्रो ब्याटिङ गर्ने गर्दछन् ।
तीव्र गतिका बलर ल्यूक जोंगवे र न्याउची भिक्टर प्रमुख तीव्र गतिका बलिङ हतियार हुन् । तेस्रो तीव्र गतिको बलर भने कमजोरीको रुपमा छ ।
वर्षाको चिन्ता

यस सिरिज सुरु भएदेखिनै दुबै टोलीलाई वर्षाको चिन्ता बढी छ । दोस्रो खेल वर्षाको कारण रद्द नै भएको थियो । एकदिवसिय सिरिज पछि गर्नु परेको थियो । काठमाडौंमा शुक्रबार विहान सामान्य वर्षा भएको छ । विहानको समयमा ९८ प्रतिशत वर्षाको सम्भावना छ । दिउँसो पनि ४९ प्रतिशत वर्षा हुने सम्भावना छ । त्यसैले दुबै टोलीलाई वर्षाको चिन्ता रहेको छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]