default_image

2 years ago

May 6, 2022

टिम डेविडको आक्रामक ब्याटिङमा गुजरातलाई मुम्बईको बलियो लक्ष्य

99 views

0 Bookmark

एजेन्सी – टिम डेविडको आक्रामक ब्याटिङमा मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को ५१ औं खेलमा गुजरात टाइटन्सलाई १ सय ७८ रनको बलियो लक्ष्य दिएको छ ।

ब्रेबोन स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७७ रन बनायो । मुम्बईका टिम डेविड २१ बलमा २ चौका र ४ छक्कासहित ४४ रनमा अविजित रहे ।

ईशान किशनले २९ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ४५ रन बनाए । कप्तान रोहित शर्माले २८ बलमा ५ चौका र २ छक्कासहित ४३ रनमा आउट भए ।

ओपनर ईशान र रोहितले पहिलो विकेटका लागि ७.३ ओभरमा ७४ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । राशिद खानको बलमा रोहित एलबीडब्लू आउट भए । सूर्यकुमार यादव १३ रनमा आउट भए । ईशान किशन अल्जारी जोशेफको १२ औं ओभरको अन्तिम बलमा मिडविकेटमा राशिदबाट क्याच हुन पुगेका थिए ।

१४ बल खेलेका फिनिसर काइरन पोलार्ड राशिदको बलमा बोल्ड भए । तिलक बर्मा १६ बलमा २ चौकासहित २१ रनमा आउट भए । गुजरातका स्पिनर राशिद खानले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । अल्जारी जोशेफ र प्रदीप सांगवानले १–१ विकेट लिए ।

May 6, 2024

नेपाली टोली अमेरिका पुग्यो

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकप २०२४ खेल्नका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली अमेरिका पुगेको छ । विश्वकपको तयारीका लागि नेपाली टोली एक महिनाअगावै अमेरिका प्रस्थान गरेको हो । नेपालबाट प्रस्थान गर्ने विमानमा बिजनेस क्लास टिकट अभाव भएपछि दुई समूहमा टोली नेपालबाट प्रस्थान गरेको थियो । शनिबार राती प्रस्थान गरेको पहिलो समूह फ्लोरिडा […]

May 6, 2024

कोलकातासँग लखनउको हार

एजेन्सी – कोलकाता नाइट राइडर्स आइतबार लखनउ सुपर जाइन्ट्सलाई ९८ ले हराउँदै इन्डियन प्रिमियर लिग (आइपिएल) को शीर्ष स्थानमा उक्लिएको छ। कोलकाताको ११ खेलबाट १६ अंक पुगेको छ। समान अंकसहित दोस्रो स्थानमा रहेको राजस्थान रोयल्सले एक‌ खेल कम खेलेको छ। लखनउ १२ अंकका साथ पाँचौं स्थानमा छ। २ सय ३६ रनको लक्ष्य पछ्याएको लखनउलाई १६.१ […]

May 5, 2024

सैनिक आवासियको जित

काठमाडौं (हाम्रो खेलकुद)– सैनिक आवासिय महाविद्यालयले जयकुमार नाथ स्मृति यु १६ अन्तर स्कुल क्रिकेटमा आइतबार जित हासिल गरेको छ । सैनिक आवासियले संस्कृती इन्टरनेसनल स्कुललाई ९० रनले हराएको छ । १ सय ९९ रनको लक्ष्य पछ्याएको संस्कृतीले २० ओभरमा ८ विकेटमा १ सय ८ रन मात्र बनाउन सक्यो । श्रीयांश अग्रवालले ३२ बलमा सर्वाधिक ४० […]

Success

Thank you for your time.