default_image

4 years ago

May 6, 2022

साम्स अन्तिम ओभरमा हिरो बन्दा मुम्बईको नाटकीय जित

246 views

0 Bookmark

एजेन्सी – तीव्र गतिका बलर ड्यानियल साम्स नायक बन्दा मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा गुजरात टाइटन्समाथि पाँच रनको नाटकीय जित हात पारेको छ ।

जितको लागि १ सय ७८ रनको विजयी लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७२ रन बनायो । गुजरातलाई जितको लागि अन्तिम ६ बलमा ९ रन चाहिँएको थियो । तीव्र गतिका बलर ड्यानियल साम्स हिरो बन्दै तीन रन मात्र खर्चेपछि मुम्बईले नाटकीय जित हात पारेको हो ।

साम्सले डेविड मिलरले पहिलो बलमा एक रन दिए । दोस्रो बल राहुल टेवाटियालाई डट राखे । तेस्रो बलमा राहुल टेवाटिया दुई रन लिनेक्रममा रन आउट भएपछि खेल थप रोचक बनेको थियो । चौथो बलमा राशिद खानले पनि एक रन बटुले । बाँकी दुई बलमा ६ रन चाहिँएको थियो । पाँचौं बल डट राखेपछि मुम्बईतर्फ नतिजा मोडिएको थियो । अन्तिम बलमा डटका साथ मुम्बईलाई नाटकीय जित दिलाएका थिए ।

गुजरातका ओपनर ऋद्धिमान शाहले ४० बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ५५ रन बनाए । अर्का ओपनर शुभमन गिलले ३६ बलमा ६ चौका र २ छक्कासहित ५२ रनमा आउट भए ।

पहिलो विकेटका लागि गिल र शाहले १२.१ ओभरमा १ सय ६ रनको शतकीय साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । हार्दिक पान्ड्या २४ र शाई सुदर्शन १४ रनमा आउट भए । हार्दिक रन आउट भएका थिए । मिलर १४ बलमा १ चौका र १ छक्कासहित १९ रनमा अविजित रहे ।

ब्याटिङमा सानदार सुरुवात गरेपनि अन्तिम समयमा चुक्दा नाटकीय हार बेहोरेको हो । मुम्बईका स्पिनर मुरुगन आश्विनले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । काइरन पोलार्डको नाममा १ विकेट रह्यो । ड्यानियल साम्सले ३ ओभरमा १८ रन खर्चे ।

त्यसअघि ब्रेबोन स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७७ रन बनायो । मुम्बईका टिम डेविड २१ बलमा २ चौका र ४ छक्कासहित ४४ रनमा अविजित रहे ।

ईशान किशनले २९ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ४५ रन बनाए । कप्तान रोहित शर्माले २८ बलमा ५ चौका र २ छक्कासहित ४३ रनमा आउट भए ।

ओपनर ईशान र रोहितले पहिलो विकेटका लागि ७.३ ओभरमा ७४ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । राशिद खानको बलमा रोहित एलबीडब्लू आउट भए । सूर्यकुमार यादव १३ रनमा आउट भए । ईशान किशन अल्जारी जोशेफको १२ औं ओभरको अन्तिम बलमा मिडविकेटमा राशिदबाट क्याच हुन पुगेका थिए ।

१४ बल खेलेका फिनिसर काइरन पोलार्ड राशिदको बलमा बोल्ड भए । तिलक बर्मा १६ बलमा २ चौकासहित २१ रनमा आउट भए । गुजरातका स्पिनर राशिद खानले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । अल्जारी जोशेफ र प्रदीप सांगवानले १–१ विकेट लिए ।

अंक तालिका

गुजरात ११ खेलमा ८ मा जित र ३ मा हारका १६ अंक जोड्दै शीर्ष स्थानमा छ । लखनऊ १० खेलमा ७ मा जित र ३ मा हार सहित १४ अंक जोड्दै दोस्रो स्थानमा छ । राजस्थान रोयल्स १० खेलमा ६ मा जित र ४ मा हार सहित १२ अंकका साथ तेस्रो स्थानमा छ ।

बेंगलोर ११ खेलमा ६ मा जित र ५ मा हार सहित १२ अंकका साथ चौथो स्थानमा छ । दिल्ली १० खेलमा ५ मा जित र ५ मा हार सहित पाँचौं स्थानमा छ । हैदराबाद १० खेलमा ५ मा जित र ५ मा हार सहित छैटौं स्थानमा छ । पन्जाब १० खेलमा ५ मा जित र ५ मा हार सातौं सहित स्थानमा छ ।

कोलकाता नाइट राइडर्स १० खेलमा ४ मा जित र ६ खेलमा हार सहित आठौं स्थानमा छ । चेन्नई १० खेलमा ३ मा जित र ७ मा हार सहित नवौं स्थानमा छ । मुम्बई १० खेलमा २ मा जित र ८ मा हार सहित पुछारमा छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.