default_image

4 years ago

May 8, 2022

हैदराबादमाथि बेंगलोरको सानदार जित

180 views

0 Bookmark

एजेन्सी – स्पिनर वानिन्दु हसरंगाको उत्कृष्ट बलिङमा रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा सनराइजर्स हैदराबादमाथि ६७ रनको सानदार जित हात पारेको छ ।

जितको लागि १ सय ९३ रनको बलियो विजयी लक्ष्य पछ्याएको हैदराबाद १९.२ ओभरमा १ सय २५ रनमा अल आउट भयो । हैदराबादका राहुल त्रिपाठीले ३७ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ५८ रनमा आउट भए । एडेन माक्ररम २१ र निकोलस पुरन १९ रनमा आउट भए । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

बेंगलोरका स्पिनर वानिन्दु हसरंगाले ४ ओभरमा १ मेडनसहित १८ रन खर्चेर ५ विकेट लिए । जोश हेजलवुडले २, ग्लेन म्याक्सवेल र हर्षल पटेलले १–१ विकेट लिए ।

त्यसअघि वानखडे स्टेडियम मुम्बईमा टस जितेर पहिला ब्याटिङ थालेको बेंगलोरले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ९२ रन बनायो । फाफ डु प्लेसिसले ५० बलमा ८ चौका र २ छक्कासहित ७३ रनमा अविजित रहे । विराट कोहली रोयल डक आउट हुँदा ग्लेन म्याक्सवेल ३३ रनमा आउट भए ।

राजत पाटिदर ३८ बलमा ४ चौका र २ छक्कासहित ४८ रनमा आउट भए । दीनेश कार्तिक ८ बलमा १ चौका र ४ छक्कासहित ३० रनमा अविजित रहे । हैदराबादका जगदीश सुचिथले २ र कार्तिक त्यागीले १ विकेट लिए ।

अंक तालिका

लखनऊ ११ खेलमा ८ मा जित र ३ मा हार सहित १६ अंक जोड्दै शीर्षस्थानमा छ । गुजरात ११ खेलमा ८ मा जित र ३ मा हारका १६ अंक जोड्दै नेटरनरेटको कारण दोस्रो स्थानमा छ । राजस्थान रोयल्स ११ खेलमा ७ मा जित र ४ मा हार सहित १४ अंकका साथ तेस्रो स्थानमा छ ।

बेंगलोर १२ खेलमा ७ मा जित र ५ मा हार सहित १४ अंकका साथ चौथो स्थानमा छ । दिल्ली १० खेलमा ५ मा जित र ५ मा हार सहित पाँचौं स्थानमा छ । हैदराबाद ११ खेलमा ५ मा जित र ६ मा हार सहित छैटौं स्थानमा छ । पन्जाब ११ खेलमा ५ मा जित र ६ मा हार सातौं सहित स्थानमा छ ।

कोलकाता नाइट राइडर्स ११ खेलमा ४ मा जित र ७ खेलमा हार सहित आठौं स्थानमा छ । चेन्नई १० खेलमा ३ मा जित र ७ मा हार सहित नवौं स्थानमा छ । मुम्बई १० खेलमा २ मा जित र ८ मा हार सहित पुछारमा छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.