default_image

4 years ago

May 8, 2022

कन्वेको उत्कृष्ट ब्याटिङमा चेन्नईको विशाल योगफल

204 views

0 Bookmark

एजेन्सी – ओपनर डेभन कन्वेको उत्कृष्ट ब्याटिङमा चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को ५५ औं खेलमा दिल्ली क्यापिटल्सलाई २ सय ९ रनको विशाल लक्ष्य दिएको छ ।

डिवाई पाटिल स्पोर्ट्स एकेडेमी मुम्बईमा टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ८ रन बनायो । चेन्नईका डेभन कन्वेले ४९ बलमा ७ चौका र ५ छक्कासहित सर्वाधिक ८७ रन बनाए ।

पहिलो विकेटका लागि ओपनर ऋतुराज गायकवाड र डेभन कन्वेले ११ ओभरमा १ सय १० रनको शतकीय साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । गायकवाड ३३ बलमा ४ चौका र १ छक्कासहित ४१ रनमा आउट भए ।

गायकवाड एनरिच नोर्कियाको बलमा अक्षर पटेलबाट क्याच भए । कन्वे खलिल अहमदको १७ औं ओभरको तेस्रो बलमा एज लागेर विकेटकिपर ऋषभ पन्तबाट क्याच भएपछि पहिलो आइपिएल शतक बनाउन १३ रनले चुकेका थिए ।

महेन्द्रसिंह धोनी ८ बलमा १ चौका र २ छक्कासहित २१ रनमा अविजित रहे । दिल्लीका खलिल अहमदले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । एनरिच नोर्कियाले ४ ओभरमा ४२ रन खर्चेर ३ विकेट लिए ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.