4 years ago
May 8, 2022
एजेन्सी – ओपनर डेभन कन्वे र स्पिनर मोईन अलीको उच्च प्रदर्शनमा चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा दिल्ली क्यापिटल्समाथि ९१ रनको सानदार जित हात पारेको छ । यो हारसँगै दिल्लीको प्लेअफ सम्भावना कठिन बनेको छ ।

जितको लागि २ सय ९ रनको विशाल विजयी लक्ष्य पछ्याएको दिल्ली १७.४ ओभरमा १ सय १७ रनमा अल आउट भयो । दिल्लीका मिचेल मार्शले २० बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक २५ रन बनाए ।
ओपनर डेविन वार्नर १९, ऋषभ पन्त २१, रोभम्यान पावेल ३, रिपल पटेल ६, अक्षर पटेल १ र शार्दुल ठाकुर २४ रनमा आउट भए ।
चेन्नईका मोईन अलीले ४ ओभरमा १३ रन खर्चेर ४ विकेट लिए । सिमरजित सिंहले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । मुकेश चौधरी र ड्वेन ब्राभोले २–२ विकेट लिए ।
त्यसअघि डिवाई पाटिल स्पोर्ट्स एकेडेमी मुम्बईमा टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ८ रन बनाएको थियो । चेन्नईका ओेपनर डेभन कन्वेले ४९ बलमा ७ चौका र ५ छक्कासहित सर्वाधिक ८७ रन बनाए ।

पहिलो विकेटका लागि ओपनर ऋतुराज गायकवाड र डेभन कन्वेले ११ ओभरमा १ सय १० रनको शतकीय साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । गायकवाड ३३ बलमा ४ चौका र १ छक्कासहित ४१ रनमा आउट भए ।
गायकवाड एनरिच नोर्कियाको बलमा अक्षर पटेलबाट क्याच भए । कन्वे खलिल अहमदको १७ औं ओभरको तेस्रो बलमा एज लागेर विकेटकिपर ऋषभ पन्तबाट क्याच भएपछि पहिलो आइपिएल शतक बनाउन १३ रनले चुकेका थिए ।
महेन्द्रसिंह धोनी ८ बलमा १ चौका र २ छक्कासहित २१ रनमा अविजित रहे । दिल्लीका खलिल अहमदले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । एनरिच नोर्कियाले ४ ओभरमा ४२ रन खर्चेर ३ विकेट लिए ।
चेन्नईले अव आइपिएलमा तीन खेल खेल्न बाँकी छ । सबै खेलमा विजयी हुँदा १४ अंक हुनेछ । प्लेअफमा पुग्न उक्त अंक पर्याप्त भने देखिदैन । चेन्नईले बिहीबार मुम्बई इन्डियन्स, १५ मे मा गुजरात टाइटन्स र २० मे मा राजस्थान रोयल्ससँग खेल्नेछ । दिल्लीको यो हारले प्लेअफ यात्रा कठिन बनेको छ ।
दिल्लीले अव प्लेअफमा स्थान बनाउन बाँकी तीनै खेलमा जित हात पार्नुपर्ने हुन्छ । दिल्लीले अव बुधबार राजस्थान रोयल्स, १६ मे मा पन्जाब किंग्स र २१ मे मा मुम्बईसँग खेल्नेछ ।
अंक तालिका
लखनऊ ११ खेलमा ८ मा जित र ३ मा हार सहित १६ अंक जोड्दै शीर्षस्थानमा छ । गुजरात ११ खेलमा ८ मा जित र ३ मा हारका १६ अंक जोड्दै नेटरनरेटको कारण दोस्रो स्थानमा छ । राजस्थान रोयल्स ११ खेलमा ७ मा जित र ४ मा हार सहित १४ अंकका साथ तेस्रो स्थानमा छ ।
बेंगलोर १२ खेलमा ७ मा जित र ५ मा हार सहित १४ अंकका साथ चौथो स्थानमा छ । दिल्ली ११ खेलमा ५ मा जित र ६ मा हार सहित पाँचौं स्थानमा छ । हैदराबाद ११ खेलमा ५ मा जित र ६ मा हार सहित छैटौं स्थानमा छ । पन्जाब ११ खेलमा ५ मा जित र ६ मा हार सातौं सहित स्थानमा छ ।
चेन्नई ११ खेलमा ४ मा जित र ७ मा हार सहित आठौं स्थानमा छ । कोलकाता नाइट राइडर्स ११ खेलमा ४ मा जित र ७ खेलमा हार सहित नवौं स्थानमा छ । मुम्बई १० खेलमा २ मा जित र ८ मा हार सहित पुछारमा छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]