default_image

3 years ago

May 9, 2022

डेब्युमा किशोरको ५ विकेटका बाबजुद नेपाललाई बलियो लक्ष्य

188 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भ्रमणमा रहेको जिम्बावे ए टोलीले एकदिवसीय सिरिजको तेस्रो तथा निर्णायक खेलमा नेपाललाई जितका लागि २ सय १४ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ ।

गएराति वर्षाका कारण तोकिएको समयमा मैदान खेल्नयोग्य नहुँदा खेल ३३ ओभरमा घटाइएको थियो । नेपालले टस जितेर जिम्बावेलाई पहिलो ब्याटिङ गर्न निम्तो दिएको थियो । जिम्बावेले ३२.१ ओभरमा अलआउट हुँदै २ सय १३ रन जोड्यो । जिम्बावेका लागि ओपनर तादिवान्से मारुमानीले सर्वाधिक ५० रनको योगदान दिए । नेपालका लागि पहिलो पटक सिनियर टोलीबाट खेलेका किशोर महतोले ५ विकेट लिए ।

पहिलो ब्याटिङ गरेको जिम्बावेले ओपनर इनोसेन्ट कायालाई पाँचौ ओभरमा गुमाएको थियो । किशोरले पहिलो विकेट लिने क्रममा कायालाई आसिफको हातबाट १२ रनमा आउट गरेका थिए । तर अर्का ओपनरले मारुमानीले आक्रामक ब्याटिङ गर्दै जिम्बावेको स्कोर अघि बढाए । उनले ३१ बलमा ७ चौका र २ छक्कासहित अर्धशतक बनाएका थिए । उनलाई दीपेन्द्रसिंह ऐरीले रोहित पौडेलबाट क्याच गराए ।

त्यसपछि लगातार विकेट खसेपनि जिम्बावेको रनगति भने रोकिएन । किशोरको बलमा आउट हुनुअघि कुद्जाई माउन्जेले ३४ बलमा ३९ रन जोडे । जोनाथन क्याम्पबेल मात्र ३ रनमा सोमपाल कामीको शिकार बने पेभेलियन फर्किए । सेफास झुवाओ १८ बलमा २ छक्कासहित १६ रनमा पेभेलियन फर्किए । २३ औं ओभरमा किशोरको बलमा आउट हुँदा जिम्बावे १४३-५ को स्थितिमा पुगेको थियो ।

कप्तान टोनी मुन्योङगाले आक्रामक ब्याटिङ गर्दै १२ बलमा २ चौका र २ छक्कासहित २४ रनको योगदान दिए । उनलाई पनि किशोरले नै कुशल भुर्तेलबाट क्याच गराउँदै पेभेलियन पठाए । रोय काया ४८ बलमा ३६ रन जोड्दै आउट भए । उनी बसिर अहमदको थ्रोमा रनआउट भएका थिए । लुक जोंग्वेले अन्त्यतिर १५ बलमा १९ रन जोडेपछि जिम्बावेले २ सय रनको आँकडा पार गरेको थियो ।

नेपालका लागि किशोरले ७ ओभरमा ५ विकेट लिने क्रममा १ मेडनसहित ४३ रन खर्चिए । कप्तान सन्दीप लामिछानेले भने ६ ओभरमा ५६ रन खर्चदा विकेटविहिन भए । सोमपालले २ तथा दीपेन्द्र र करणले १-१ विकेट हात पारे ।

तीन खेलको एकदिवसीय सिरिज १-१ को स्थितिमा रहेको छ । यसअघि ३ खेलको टि२० सिरिज पनि १-१ को बराबरीमा सकिएको थियो ।

December 15, 2024

पोखरालाई सुदूरपश्चिमले दियो मध्यम लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सलाई सुदूरपश्चिम रोयल्सले मध्यम लक्ष्य दिएको छ । आइतवारको दोस्रो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५३ रनको योगफल तयार गर्यो । सुदूरपश्चिमका लागि आरिफ शेखले सर्वाधिक ४२ रन जोडे । उनले ३८ बलमा २ […]

December 15, 2024

हेड र स्मिथको शतकमा अस्ट्रेलिया विशाल योगफलतर्फ

एजेन्सी – भारतविरुद्ध दुई खेलाडीको शतकमा तेस्रो टेस्टमा अस्ट्रेलिया विशाल योगफल तर्फ उन्मुख भएको छ । वोर्डर गावास्कर ट्रफी सिरिजको तेस्रो टेस्टको पहिलो इनिङमा अस्ट्रेलिया विशाल योगफल तर्फ उन्मुख भएको हो । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो इनिङ अन्तर्गत दोस्रो दिन आइतवारको खेल सकिदा अस्ट्रेलियाले ७ विकेट गुमाएर ४ सय ५ रन […]

December 15, 2024

पोखराले टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग(एनपिएल) मा आइतवारको दोस्रो खेलमा पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर बलिङ रोजेका हुन् । सुदूरपश्चिमले पछिल्लो खेलमा खेलेको टिम नै मैदान उतारेको छ । सुदूरपश्चिम ४ दिन पछि खेल खेल्दैछ । सुदूरपश्चिम रोयल्सको प्लेइङ-११ दीपेन्द्रसिंह ऐरी, हर्मित […]

Success

Thank you for your time.