default_image

4 years ago

May 10, 2022

लखनउलाई हराउँदै गुजरात शीर्षस्थानमा

282 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत उच्च लयमा‌ रहेका नवप्रवेशी फ्रेन्चाइज लखनउ सुपर जायन्ट्स र गुजरात टाइटन्स बिचको खेलमा गुजरात विजयी भएको छ । लखनउमाथि ६२ रनको सानदार जित दर्ता गर्दै गुजरात अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

मंगलबार टस जितेर पहिलो ब्याटिङ रोजेको गुजरातले निर्धारित २० अ‍ोभरमा ४ विकेट गुमाउँदै १ सय ४४ रन जोडेको थियो । जवाफमा सुस्त सुरुवात गरेको लखनउ लगातार विकेट गुमाउँदा जम्मा ८२ रन जोड्दै १४ औं ओभरमा अलआउट हुन पुग्यो ।

लखनउका लागि जम्मा तीन ब्याटरले दोहोरो अंकमा रन बनाउन सके । अ‍ोपनर क्विन्टन डे कक ११ रन जोड्दै पहिलो विकेटका रुपमा पेभेलियन फर्किए । त्यसपछि क्रिजमा पसेका दीपक हुडाले २७ रनको योगदान दिए । दीपक १४ अ‍ौं अ‍ोभरमा नवौं विकेटका रुपमा आउट हुँदा अर्को एन्डबाट लगातार ८ विकेट खसेको थियो ।

कप्तान केएल राहुल ८, करण शर्मा ४, क्रुनाल पान्ड्या ५ र आयुष बदोनी ८ रनमा आउट भए । अलराउन्डर मार्कस स्टोइनिसले २ र‌ जेसन होल्डरले १ रन मात्र जोड्न सके । मोहसिन खानले १ रन लिँदा अन्तिम ब्याटर आभेश खानले २ छक्काको मदतले १२ रन जोडे ।

गुजरातका लागि अफगानी स्पिनर राशिद खानले ४ विकेट लिए । साइ किशोर र यश दयालले २-२ तथा मोहमद शामीले १ विकेट लिए ।

यता गुजरातलाई ब्याटिङमा शुभका गिलको अर्धशतकले उकासेको थियो । अ‍ोपनर शुभमनले अन्तिमसम्म नटआउट रहँदै ४९ बलमा ६३ रनको योगदान दिए । उनले ७ चौका प्रहार गरे । अर्का अ‍ोपनर ऋद्धिमान शाह ५ रनमा आउट भएका थिए ।

म्याथ्यु वेड १०, हार्दिक पान्ड्या ११ र डेविड मिलर २६ ले शुभमनलाई साथ दिएका थिए । राहुल टेवाटियाले अन्त्यतिर १६ बलमा २४ रन जोड्ने क्रममा ४ चौका प्रहार गरे । लखनउका आभेशले २ तथा मोहसिन खान र होल्डरले १-१ विकेट लिए ।

यस जितसँगै गुजरात १२ खेलमा १८ अंक जोड्दै लखनउलाई उछिन्न सफल भयो । दोस्रो स्थानमा रहेको लखनउको १६ अंक छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.