default_image

4 years ago

May 12, 2022

मार्शको सानदार अलराउन्ड प्रदर्शनमा दिल्लीको प्लेअफ सम्भावना कायमै

196 views

0 Bookmark

एजेन्सी – अलराउन्डर मिचेल मार्शको सानदार अलराउन्ड प्रदर्शनमा दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा प्लेअफ सम्भावना कायमै राखेको छ । दिल्लीले बुधबार राती राजस्थान रोयल्सलाई ८ विकेटले हराउँदै प्लेअफको सम्भावना कायमै राखेको हो ।

जितको लागि १ सय ६१ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले १८.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । दिल्लीको जितमा मिचेल मार्शले ६२ बलमा ५ चौका र ७ छक्कासहित ८९ रनको योगदान दिए । डेविड वार्नर ४१ बलमा ५ चौका र १ छक्कासहित ५२ रनमा अविजित रहे ।

दोस्रो विकेटका लागि वार्नर र मार्शले १ सय ४४ रनको शतकीय साझेदारीका साथ सहज जित दिलाएका थिए । ऋषभ पन्त ४ बलमा २ छक्कासहित १३ रनमा अविजित रहे । राजस्थानका ट्रेन्ट बोल्ट र युजभेन्द्र चहलले १–१ विकेट लिए ।

त्यसअघि डिवाइ पाटिल स्पोर्ट्स एकेडेमी मुम्बईमा टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६० रन बनाएको थियो । राजस्थानका रविचन्द्रन आश्विनले ३८ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ५० रन बनाए । देवदत्त पाडिक्कलले ३० बलमा ६ चौका र २ छक्कासहित ४८ रनको योगदान दिए ।

यशस्वी जैसवाल १९, जस बटलर ७ र कप्तान सञ्जु स्यामसन ६ रनमा आउट भए । दिल्लीका मिचेल मार्शले ३ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । एनरिच नोर्किया र चेतन सकारियाले २–२ विकेट लिए ।

दिल्ली १२ खेलमा ६ मा जित र ६ मा हार सहित पाँचौं स्थानमा छ । दिल्लीले बाँकी दुई खेल जितेको खण्डमा १६ अंक हुनेछ । नेटरनरेटमा उच्च रहेमा र अन्य टोलीको नजिता आफू अनुकुल आएमा अन्तिम चारमा रहेर प्लेअफ खेल्न सक्नेछ । दिल्लीले अव १६ मे मा पन्जाब र २१ मे मा मुम्बईसँग खेल्नेछ ।

राजस्थान भने १२ खेलमा ७ मा जित र ५ मा हार सहित तेस्रो स्थानमा छ । बाँकी दुई खेल जित्दा १८ अंकका साथ सोझैं प्लेअफमा पुग्नेछ । राजस्थानले १५ मे मा लखऊ सुपर जायन्ट्स र २० मे मा चेन्नई सुपर किंग्ससँग खेल्नेछ ।

अंक तालिका

गुजरात १२ खेलमा ९ मा जित र ३ मा हारका १८ अंक जोड्दै शीर्ष स्थानमम छ । गुजरात प्लेअफमा पुग्ने पहिलो टोली हो । लखनऊ १२ खेलमा ८ मा जित र ४ मा हार सहित १६ अंकका साथ दोस्रो स्थानमा छ । राजस्थान रोयल्स १२ खेलमा ७ मा जित र ५ मा हार सहित १४ अंकका साथ तेस्रो स्थानमा छ ।

बेंगलोर १२ खेलमा ७ मा जित र ५ मा हार सहित १४ अंकका साथ चौथो स्थानमा छ । दिल्ली १२ खेलमा ६ मा जित र ६ मा हार सहित पाँचौं स्थानमा छ । हैदराबाद ११ खेलमा ५ मा जित र ६ मा हार सहित छैटौं स्थानमा छ । कोलकाता नाइट राइडर्स १२ खेलमा ५ मा जित र ७ खेलमा हार सहित सातौं स्थानमा छ ।

पन्जाब ११ खेलमा ५ मा जित र ६ मा हार आठौं सहित स्थानमा छ । चेन्नई ११ खेलमा ४ मा जित र ७ मा हार सहित नवौं स्थानमा छ । मुम्बई ११ खेलमा २ मा जित र ९ मा हार सहित पुछारमा छ । मुम्बई भने बाहिरिने पहिलो टोली हो ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.