4 years ago
May 13, 2022
एजेन्सी – ओपनर जोनी बेयरस्टो र लियाम लिभिङस्टोनको सानदार ब्याटिङमा पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को ६० औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई २ सय १० रनको विशाल लक्ष्य दिएको छ ।

ब्रेबोन स्टेडियम मुम्बईमा टस हारेर ब्याटिङको निम्तो पाएको पन्जाबले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँँदै २ सय ९ रन बनायो । पन्जाबका जोनी बेयरस्टोले २९ बलमा ४ चौका र ७ छक्कासहित ६६ रनको विष्फोटक सुरुवात गरेका थिए । लियाम लिभिङस्टोनले ४२ बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ७० रनको योगदान दिए ।
ओपनर शिखर धवन र बेयरस्टोले पहिलो विकेटका लागि पाँच ओभरमा ६० रन जोड्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । ग्लेन म्याक्सवेलको बलमा बोल्ड हुनुअघि धवनले १५ बलमा २ चौका र १ छक्कासहित २१ रन बनाए ।
वानिन्दु हसरंगाको बलमा भानुका राजपक्षे १ रनमा हर्षल पटेलबाट क्याच भए । मयंक अग्रवाल १९, जितिश शर्मा ९, हरप्रीत ब्रार र ऋषि धवन ७–७ रनमा आउट भए ।
बेंगलोरका हर्षल पटेलले ४ ओभरमा ३४ रन खर्चेर ४ विकेट लिए । वानिन्दु हसरंगाले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । ग्लेन म्याक्सवेल र शहबाज अहमदको नाममा १–१ विकेट लिए ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]