default_image

4 years ago

May 14, 2022

पन्जाबसँगको हारले बेंगलोरको प्लेअफ कठिन

266 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा रोयल च्यालेन्जर्स बेंगलोरको प्लेअफ यात्रा कठिन बनेको छ । शुक्रबार राती पन्जाब किंग्ससँग ५४ रनले पराजित भएसँगै बेंगलोरले सहजै प्लेअफमा पुग्ने अवसर गुमाएको छ ।

जितको लागि २ सय १० रनको विशाल विजयी लक्ष्य पछ्याएको बेंगलोरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५५ रन बनायो । बेंगलोरका ग्लेन म्याक्सवेलले २२ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ३५ रन बनाए ।

विराट कोहली १४ बलमा २ चौका र १ छक्कासहित २०, फाफ डु प्लेसिस १०, राजत पाटिदर २६, महिपाल लोमर ६, दीनेश कार्तिक र हर्षल पटेल ११–११ रनमा आउट भए ।

पन्जाबका कागिसो रबाडाले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । ऋषि धवन र राहुल चाहरले २–२ विकेट लिए । हरप्रीत ब्रार र अर्शदीप सिंहको नाममा १–१ विकेट रह्यो ।

त्यसअघि ब्रेबोन स्टेडियम मुम्बईमा टस हारेर ब्याटिङको निम्तो पाएको पन्जाबले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँँदै २ सय ९ रन बनायो । पन्जाबका जोनी बेयरस्टोले २९ बलमा ४ चौका र ७ छक्कासहित ६६ रनको विष्फोटक सुरुवात गरेका थिए । उनी नै खेलको प्लेअर अफ द म्याच चुनिए ।

लियाम लिभिङस्टोनले ४२ बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ७० रनको योगदान दिए । ओपनर शिखर धवन र बेयरस्टोले पहिलो विकेटका लागि पाँच ओभरमा ६० रन जोड्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । ग्लेन म्याक्सवेलको बलमा बोल्ड हुनुअघि धवनले १५ बलमा २ चौका र १ छक्कासहित २१ रन बनाए ।

वानिन्दु हसरंगाको बलमा भानुका राजपक्षे १ रनमा हर्षल पटेलबाट क्याच भए । मयंक अग्रवाल १९, जितिश शर्मा ९, हरप्रीत ब्रार र ऋषि धवन ७–७ रनमा आउट भए ।

बेंगलोरका हर्षल पटेलले ४ ओभरमा ३४ रन खर्चेर ४ विकेट लिए । वानिन्दु हसरंगाले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । ग्लेन म्याक्सवेल र शहबाज अहमदको नाममा १–१ विकेट लिए ।

बेंगलोर १३ खेलमा ७ मा जित र ६ मा हार सहित १४ अंकका साथ चौथो स्थानमा छ । बेंगलोरले अन्तिम खेल शीर्षस्थानको गुजरात टाइटन्ससँग १९ मे मा प्रतिस्पर्धा गर्नेछ । उक्त खेल जितेको खण्डमा १६ अंक हुनेछ । बेंगलोर अन्तिम खेलमा पराजित भएमा प्लेअफ दौडबाट बाहिरिने सम्भावना उच्च देखिन्छ । जितले मात्र पुग्दैन अन्य टोलीको प्रदर्शन र नजितामा बढी निर्भर रहनुपर्ने हुन्छ ।

समान १२ खेल खेलेको गुजरातको १८ अंक र लखनऊ सुपर जायन्ट्सको १६ अंक छ । गुजरात प्लेअफमा पुग्ने पहिलो टोली हो । बेंगलोरको हारले पन्जाब, हैदराबाद र दिल्लीको सम्भावना पनि त्यतिनै बनेको छ । अव पन्जाब, दिल्ली, बेंगलोर र हैदराबाद सबै १६ अंकका साथ प्लेअफमा पुग्ने दौडमा छन् । राजस्थानलाई १८ अंक र लखनऊलाई २० अंकका साथ अन्तिम दुईमा रहँदै प्लेअफ खेल्ने अवसर छ ।

अंक तालिका

गुजरात १२ खेलमा ९ मा जित र ३ मा हारका १८ अंक जोड्दै शीर्ष स्थानमम छ । गुजरात प्लेअफमा पुग्ने पहिलो टोली हो । लखनऊ १२ खेलमा ८ मा जित र ४ मा हार सहित १६ अंकका साथ दोस्रो स्थानमा छ । राजस्थान रोयल्स १२ खेलमा ७ मा जित र ५ मा हार सहित १४ अंकका साथ तेस्रो स्थानमा छ ।

बेंगलोर १३ खेलमा ७ मा जित र ६ मा हार सहित १४ अंकका साथ चौथो स्थानमा छ । दिल्ली १२ खेलमा ६ मा जित र ६ मा हार सहित १२ अंक जोड्दै पाँचौं स्थानमा छ । पन्जाब १२ खेलमा ६ मा जित र ६ मा हार बेहोर्दै १२ अंकका साथ छैटौं सहित स्थानमा छ । हैदराबाद ११ खेलमा ५ मा जित र ६ मा हार सहित सातौं स्थानमा छ । कोलकाता नाइट राइडर्स १२ खेलमा ५ मा जित र ७ खेलमा हार सहित आठौं स्थानमा छ । चेन्नई १२ खेलमा ४ मा जित र ८ मा हार सहित नवौं स्थानमा छ । मुम्बई १२ खेलमा २ मा जित र ९ मा हार सहित पुछारमा छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.