default_image

2 years ago

May 16, 2022

सीता सम्मिलित टोर्नाडोस फेयर ब्रेक च्याम्पियन

एजेन्सी – नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी पूर्व उपकप्तान सीता राना मगरसम्मिलित टोर्नाडोस वुमन्स फेयर ब्रेक इन्भिटेसनल क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । दुबईमा आइतबार राति भएको फाइनलमा फाल्कोन्स वुमन्सलाई ८ विकेटले हराउँदै टोर्नाडोस च्याम्पियन बनेको हो । फाल्कोन्सले दिएको १ सय ५२ रनको लक्ष्य टोर्नाडोसले १९ ओभर १ बलमा २ विकेट गुमाएर पूरा ग¥यो […]

182 views

0 Bookmark

एजेन्सी – नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी पूर्व उपकप्तान सीता राना मगरसम्मिलित टोर्नाडोस वुमन्स फेयर ब्रेक इन्भिटेसनल क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ ।

दुबईमा आइतबार राति भएको फाइनलमा फाल्कोन्स वुमन्सलाई ८ विकेटले हराउँदै टोर्नाडोस च्याम्पियन बनेको हो । फाल्कोन्सले दिएको १ सय ५२ रनको लक्ष्य टोर्नाडोसले १९ ओभर १ बलमा २ विकेट गुमाएर पूरा ग¥यो ।

टोर्नाडोसको जित यात्रामा सोफी डिभाइनले ५१ रनको अर्धशतकीय इनिङ खेलिन् । त्यस्तै स्टेर कालिसले ४४ रन जोडिन् । कप्तान स्टेफेन टेलर ३४ रनमा तथा सन लुस १८ रनमा अविजित रहिन् । फाल्कोन्सकी मारिजन काप्प र सोर्नारिनले समान १ विकेट लिइन् ।

त्यसअघि दुवई इन्टरनेसनल क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको फाल्कोन्सले २० ओभरमा ४ विकेट गुमाएर १ सय ५१ रनको सम्मानजनक योगफल तयार पारेको थियो ।

फाल्कोन्सकी मध्यक्रमकी मारिजन काप्पले अविजित रहदै ६७ रनको अर्धशतकीय इनिङ्स तथा मारिको हिलले अविजित ३० रन जोडिन् । ओपनर चामरी ९, ड्यानी वेट ११, थिरथा सतिशले १९ तथा सुजी बाटिसले ११ रनको योगदान दिइन् । टोर्नाडोसकी चानिदा सुत्थिरुङले २ विकेट लिइन् ।

राष्ट्रिय टोलीकी उपकप्तान रहेकी सीताको स्थानमा क्यानले आइतबार मात्र इन्दु वर्मालाई उपकप्तान जिम्मेवारी दिएको छ । सीताले युगान्डाविरुद्ध सिरिजको सुरुवाती खेल गुमाउनेछिन् । नेपालले सोमबारदेखि हुने सिरिजमा ५ टि२० अन्तर्राष्ट्रिय खेल खेल्नेछ ।

April 28, 2024

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच दोस्रो खेल आज

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले वेस्ट इन्डिज ‘ए’ विरुद्ध टि२० सिरिजको दोस्रो खेल आज खेल्दैछ । खेल टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा १२:१५ बजे सुरु हुनेछ । नेपालले शनिबार भएको पहिलो खेलमा ४ विकेटको जित निकालेको थियो । कप्तान रोहित पौडेलको शानदार शतकमा नेपालले पहिलो खेल जितेको हो । आजको खेलमा टोलीमा परिवर्तन […]

April 28, 2024

राजस्थानको लखनऊविरुद्ध सहज जित

एजेन्सी – जारी इंडियन प्रिमियर लिग (आईपिएल) को शीर्ष स्थानमा रहेको राजस्थान रोयल्सले अंकदूरी बढाएको छ । नवौं खेलमा आठौ जित दर्ता गर्ने क्रममा राजस्थानले लखनऊ सुपर जाएन्ट्स माथि ७ विकेटको सहज जित दर्ता गरेको हो । लखनऊले दिएको १९७ रनको लक्ष्य पछ्याएको राजस्थानले ६ बल बाँकी छँदै लक्ष्य ३ विकेट मात्र गुमाएर भेटायो । […]

April 27, 2024

रोहितको शतकसँगै केल्मीको विश्वकप जर्सीमा विशेष अफर

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ए विरुद्ध टि२० सिरिजको पहिलो खेलमा नेपाललाई जित दिलाउन कप्तान रोहित कुमार पौडेलले शतक प्रहार गरे । नेपालको राष्ट्रिय क्रिकेट टोलीको किट निर्माणकर्ता केल्मीले रोहितको शतकको अवसरमा समर्थकहरुलाई विशेष अफर ल्याएको छ । रोहितले १ सय १२ रनको सानदार इनिङ खेलेपछि केल्मीले विश्वकप जर्सीको प्रि-अर्डरमा १ सय १२ रुपैयाँ […]

Success

Thank you for your time.