default_image

3 months ago

April 28, 2024

केनको कीर्तिमान

698 views

0 Bookmark

एजेन्सी – इंग्लिस फरवार्ड ह्यारी केनको कीर्तिमानी दुई गोलमा बायर्न म्युनिखले आइनट्राक्ट फ्रान्कफुर्टलाई पराजित गरेको छ । बायर्नले फ्रान्कफुर्टलाई २–१ ले पराजित गरेको हो ।

फ्रान्कफुर्ट विरुद्धको जितमा दुई गोल गरेसँगै केनले एक सिजनमा सर्वाधिक गोल गर्ने नयाँ व्यक्तिगत कीर्तिमान बनाएका छन् । ३० वर्षिय केनले बायर्नमा डेब्यु सिजनकाे सबै प्रतियोगितामा ४२ गोल गरिसकेका छन् ।

यसअघि उनले सन् २०१७–१८ को सिजनमा टोटेनहमबाट ४१ गोल गरेका थिए । यस्तै केनले क्लब र राष्ट्रका लागि ४ सय गोल गरिसकेका छन् ।

यस्तै केन १७ बुन्डेसलिगा टोलीमध्ये १६ टोलीविरुद्ध गोल गर्ने खेलाडी बनेका छन् । उनले १६ टोलीविरुद्ध गोल गर्ने गर्ड मुलर (१९६६–६७ र १९६९–७०), आइल्टन (२००३–०४) र रोबर्ट लेवान्डोस्की (२०१९–२० र २०२०–२१) सँगको संयुक्त कीर्तिमानलाई भेट्टाएका छन् ।

यस्तै केन डेब्यु सिजनमा सबै १७ पक्षहरूविरुद्ध गोल वा असिस्ट गर्ने पहिलो खेलाडी हुन् । केनले अक्टोबरमा फ्राइवर्गविरुद्ध गोल गर्न सकेनन् ।

इंग्ल्यान्डका कप्तान समेत रहेका केनले दोस्रो हाफमा घुँडामा चोट बोकेपनि खेललाई जारी राखेका थिए । केन बुन्डेसलिगामा तीन राउन्डको खेल बाँकी रहँदा लेवान्डोस्कीको ४१ गोलको कीर्तिमानभन्दा ६ गोलले पछि छ । केनले बुन्डेसलिगामा ३६ गोल गरिसकेका छन् ।

बुन्डेसलिगाको दोस्रो स्थानमा रहेको बायर्न च्याम्पियन बायर लेभरकुसेन भन्दा ११ अंकले पछि छ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.