default_image

4 years ago

May 16, 2022

लखनउमाथि राजस्थानको जित

254 views

0 Bookmark

एजेन्सी – राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा लखनउ सुपर जाइन्ट्सलाई पराजित गरेको छ । आइतबार राति भएको खेलमा राजस्थानले लखनउलाई २४ रनले पराजित गर्दै दोस्रो स्थानमा उक्लिन सफल भएको छ ।

राजस्थानले दिएको १ सय ७९ रनको लक्ष्य पछ्याएको लखनउले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५४ रन मात्र बनाउन सक्यो । लखनउका दिपक होडाले सर्वाधिक ५९ रन बनाए । मार्कुस स्टोइनिसले २७ तथा क्रुनल पाण्डेयले २५ रन जोडे ।

कप्तान केएल राहुल १० रनमा आउट भए । मोसिन खान ९ रनमा तथा आभेस खान १ रनमा अविजित रहे । ओपनर तथा विकेटकिपर क्विन्ट डि कक ७ तथा जोसन होल्डर १ रनमा आउट भए । राजस्थानका ट्रेन्ट बोल्ट, प्रसिद्ध कृष्ण र रोबेड म्याककोयले समान दुई विकेट तथा युजभेन्द्र चाहल र रविचन्द्र आश्विनले समान १ लिए ।

यसअघि मुम्बईमा टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७८ रनको योगफल तयार पारेको थियो ।

राजस्थानका लागि याशस्भी जैसवालले सर्वाधिक ४१ रन बनाए । देवदत्त पाडिक्कले ३९, सन्जु सामसनले ३२ र रियान परागले १९ रन जोडे । जेम्स नासिमले १४ रन तथा जस बट्लरले दुई रन जोडे । रविचन्द्र आश्विन १० रनमा तथा ट्रेन्ट बोल्ट १७ रनमा अविजित रहे । लखनउका रवी विश्नोईले २ विकेट लिए । आभेस खान, जासोन होल्डर र आयुष बादोनीले समान एक विकेट लिए ।

जितसँगै राजस्थान १३ खेलमा १६ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । लखनउ १३ खेलबाट १६ अंकसहित तेस्रो स्थानमा झरेको छ ।

आइतबार राति नै गुजरात टाइटन्सले चेन्नई सुपर किङ्सलाई ७ विकेटले पराजित गर्दै १०औं जित निकालेको छ । शीर्षस्थानमा रहेको गुजरातको १३ खेलबाट २० अंक पुगेको छ । नवौं हार बेहोरेको चेन्नई ८ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.