default_image

2 years ago

May 16, 2022

युगान्डाविरुद्ध सिरिज आजदेखि, प्रवेश निशुल्क

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले अफ्रिकी राष्ट्र युगान्डाविरुद्ध ५ खेलको टि२० अन्तर्राष्ट्रिय सिरिज आजबाट खेल्दैछ । नेपाल क्रिकेट संघ (क्यान) ले महिला टोलीको पहिलो अन्तर्राष्ट्रिय घरेलु सिरिजका लागि प्रवेश निशुल्क गरेको छ । खेल दिउँसो १ बजेदेखि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुनेछ । नेपाली टोलीले सिरिजका लागि १६ सदस्यीय अन्तिम टोलीको […]

96 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले अफ्रिकी राष्ट्र युगान्डाविरुद्ध ५ खेलको टि२० अन्तर्राष्ट्रिय सिरिज आजबाट खेल्दैछ । नेपाल क्रिकेट संघ (क्यान) ले महिला टोलीको पहिलो अन्तर्राष्ट्रिय घरेलु सिरिजका लागि प्रवेश निशुल्क गरेको छ । खेल दिउँसो १ बजेदेखि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुनेछ ।

नेपाली टोलीले सिरिजका लागि १६ सदस्यीय अन्तिम टोलीको घोषणा गरिसकेको छ । यसपटक टोलीमा दुई नयाँ अनुहार समावेश हुँदा अनुभवी स्पिनर करुणा भण्डारी भने टोलीमा रहने छैनन् । उनको स्थानमा यू-१९ टोलीको बन्द प्रशिक्षणमा रहेकी लेग स्पिनर हिरान्यमाये रोयलाई पहिलो पटकमै अन्तिम टोलीमा समावेश गरिएको छ । त्यस्तै यसअघि बन्द प्रशिक्षणमा रहँदै आएकी बलर अस्मिना कर्माचार्य पनि अन्तिम टोलीमा परेकी छिन् ।

प्रशिक्षक जगत टमाटाले महिला टोलीका लागि यस्ता सिरिजले राम्रो अनुभव हुने अभियक्ति दिएका छन् । उनले नेपालले विश्वकप छनोटमा राम्रो नतिजा निकाल्ने हो भने अन्य देशसँग नियमित अन्तर्राष्ट्रिय खेल खेल्नुपर्ने बताए । उनले क्यानलाई पहिलो पटक सिरिज आयोजना गरेकोमा पनि धन्यवाद दिए ।

नेपाल र युगान्डा एकै स्तरको टोली भएको पनि उनले बताए । ‘युगान्डाको वरीयता र हाम्रो खासै फरक छैन । धेरै खेल त हेर्न पाएका छैनौँ, तर प्रतिस्पर्धाका लागि तयार छौं । टोलीमा युवा र अनुभवी खेलाडीको मिश्रण छ,’ उनले भने ।

क्यानले सिरिजअघि केहि निर्णय पनि गरेको छ । उपकप्तानको जिम्मेवारी ब्याटर इन्दु वर्मालाई सुम्पिएको छ । त्यस्तै केन्द्रीय सम्झौतामा रहेका खेलाडीको रकम पनि बढेको क्यानले जनाएको छ । क्यानले महिला टोलीलाई प्राथमिकतामा राख्ने बताउँदै यू-१९ को राष्ट्रिय प्रतियोगिता पनि सम्पन्न गरेको थियो । उक्त प्रतियोगिताबाट खेलाडी छनोट गरेर यू-१९ विश्वकप छनोटका लागि पनि तयारी भइरहेको छ ।

नेपालले घरेलु मैदानमा पहिलो पटक सिरिज खेल्न लागेको हो । यसअघि सन् २०१९ मा महिला टोलीले पोखरामा दक्षिण एसियाली खेलकुद भने खेलेको थियो । नेपाल सागमा तेस्रो भएको थियो । टियु मैदानमा महिला टोली उत्रँदा समर्थकको साथ रहने उपकप्तान इन्दु वर्माले अपेक्षा गरेकी छिन् । उनले युगान्डाको सामना गर्न टोली तयार रहेको बताएकी छिन् ।

April 26, 2024

बेयरस्टोको शतकमा पन्जाबको सानदार जित

एजेन्सी – जोनी बेयरस्टोले सानदार नटआउट शतक बनाएपछि पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हराएको छ । २ सय ६२ रनको लक्ष्य पछ्याएको पन्जाबका लागि बेयरस्टोको शतकसँगै प्रभसिमरन सिंह र शंशाक सिंहले अर्धशक बनाएपछि ८ बलअघि २ विकेटको नोक्सानीमा पूरा गरेको थियो । ४८ बलमा बेयरस्टोले ९ छक्का […]

April 26, 2024

विश्वकप जति नजिक, टोलीको भविष्य त्यति अनिश्चित

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीले अबको ५ सातामा आइसीसी मेन्स टि२० विश्वकप अन्तर्गत पहिलो खेल खेल्नेछ । तर विश्वकप खेल्ने मिति नजिकिंदै जाँदा नेपाली टोलीमा खेलाडी संख्या घट्दै जानुपर्नेमा तयारीको अन्तिम सिरिजको पूर्व सन्ध्यामा आएर अप्रत्याशित रुपमा बढेको छ । विश्वकपको तयारीका लागि भारतको गुजरातमा मैत्रीपूर्ण सिरिज खेल्न नेपालले १५ सदस्यीय टोली घोषणा […]

April 26, 2024

वेस्ट इन्डिज ‘ए’लाई मन्त्री श्रेष्ठको शुभकामना

काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकूद मन्त्री बिराजभक्त श्रेष्ठले नेपाल‌ भ्रमणमा रहेको वेस्ट इन्डिज ‘ए’ टिमसँग भेट गरेका छन्। नेपाली क्रिकेट टोलीसँग शनिबार सुरु हुने ५ टि ट्वान्टी सिरिजका लागि मन्त्री श्रेष्ठले वेस्ट इन्डिज ‘ए’ टोलीलाई सफलता शुभकामना दिएका हुन् । आज साँझ मन्त्री श्रेष्ठले वेस्ट इन्डिजको ‘ए’ टिमका खेलाडी तथा प्रशिक्षकसँग भेटेर नेपाल सरकारको […]

Success

Thank you for your time.