default_image

2 years ago

May 16, 2022

नेपालले टस जित्यो, अस्मिनाको डेब्यू

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले युगान्डासँगको पहिलो महिला टि२० आई खेलमा टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । टियु क्रिकेट मैदानमा नेपालकी कप्तान रुविना क्षेत्री बेलबासेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएकी हुन् । नेपालले आजको खेलमा तीव्र गतिकी बलर अस्मिना कर्माचार्यलाई डेब्यू दिएको छ । अस्मिना बागमती प्रदेशको कप्तान हुन् । घरेलु […]

113 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले युगान्डासँगको पहिलो महिला टि२० आई खेलमा टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । टियु क्रिकेट मैदानमा नेपालकी कप्तान रुविना क्षेत्री बेलबासेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएकी हुन् ।

नेपालले आजको खेलमा तीव्र गतिकी बलर अस्मिना कर्माचार्यलाई डेब्यू दिएको छ । अस्मिना बागमती प्रदेशको कप्तान हुन् । घरेलु क्रिकेटमा तीव्र गतिमा राम्रो छाप छोड्नुको साथै तल्लोक्रममा ब्याटिङको क्षमता राख्छिन् ।

नेपाली राष्ट्रिय महिला टोलीले पहिलो पटक टियु मैदानमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेको हो । नेपाल र युगान्डाबीच पाँच डब्लूटि२० आई खेलको सिरिज हुनेछ ।


नेपालको प्लेइङ ११ : रुविना क्षेत्री, इन्दु बर्मा, ज्योति पाण्डे, कविता कुँवर, कविता जोशी, अप्सरी बेगम, , डली भट्ट, सबनम राई, रोमा थापा, अस्मिना कर्माचार्य र विन्दु बर्मा ।

April 28, 2024

राजस्थानको लखनऊविरुद्ध सहज जित

एजेन्सी – जारी इंडियन प्रिमियर लिग (आईपिएल) को शीर्ष स्थानमा रहेको राजस्थान रोयल्सले अंकदूरी बढाएको छ । नवौं खेलमा आठौ जित दर्ता गर्ने क्रममा राजस्थानले लखनऊ सुपर जाएन्ट्स माथि ७ विकेटको सहज जित दर्ता गरेको हो । लखनऊले दिएको १९७ रनको लक्ष्य पछ्याएको राजस्थानले ६ बल बाँकी छँदै लक्ष्य ३ विकेट मात्र गुमाएर भेटायो । […]

April 27, 2024

रोहितको शतकसँगै केल्मीको विश्वकप जर्सीमा विशेष अफर

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ए विरुद्ध टि२० सिरिजको पहिलो खेलमा नेपाललाई जित दिलाउन कप्तान रोहित कुमार पौडेलले शतक प्रहार गरे । नेपालको राष्ट्रिय क्रिकेट टोलीको किट निर्माणकर्ता केल्मीले रोहितको शतकको अवसरमा समर्थकहरुलाई विशेष अफर ल्याएको छ । रोहितले १ सय १२ रनको सानदार इनिङ खेलेपछि केल्मीले विश्वकप जर्सीको प्रि-अर्डरमा १ सय १२ रुपैयाँ […]

April 27, 2024

दिल्लीद्वारा मुम्बई पराजित

एजेन्सी – रनको भारी वर्षा भएको इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गतको खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इण्डियन्स माथि जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा दिल्लीले १० रनको जित निकालेको हो । दिल्लीले दिएको २५८ रनको विशाल लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर २४७ रन मात्र बनाउन सक्यो । मुम्बईका लागि तिलक […]

Success

Thank you for your time.