default_image

2 years ago

May 16, 2022

नेपालको राम्रो सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले युगान्डासँगको पहिलो महिला टि२० आई खेलमा राम्रो सुरुवात गरेको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको युगान्डा महिला टोलीले ३ ओभरमा १ विकेट गुमाउँदै ९ रन बनाएको छ । नेपाललाई तीव्र गतिकी बलर कविता कुँवरले पहिलो ओभरमै सफलता दिलाएकी थिइन् । कविताको तेस्रो बलमा ओपनर लिओना बबेरीलाई […]

151 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले युगान्डासँगको पहिलो महिला टि२० आई खेलमा राम्रो सुरुवात गरेको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको युगान्डा महिला टोलीले ३ ओभरमा १ विकेट गुमाउँदै ९ रन बनाएको छ ।

नेपाललाई तीव्र गतिकी बलर कविता कुँवरले पहिलो ओभरमै सफलता दिलाएकी थिइन् । कविताको तेस्रो बलमा ओपनर लिओना बबेरीलाई शून्यमा बोल्ड आउट हुन पुगिन् ।

युवा तीव्र गतिकी बलर अस्मिना कर्माचार्यले नेपालको राष्ट्रिय महिला टोलीमा डेब्यू गरेकी छिन् । उनी नेपालबाट महिला टि२० आईमा डेब्यू गर्ने २३ औं खेलाडी हुन् ।

नेपालको प्लेइङ ११ : रुविना क्षेत्री, इन्दु बर्मा, ज्योति पाण्डे, कविता कुँवर, कविता जोशी, अप्सरी बेगम, , डली भट्ट, सबनम राई, रोमा थापा, अस्मिना कर्माचार्य र विन्दु बर्मा ।

April 28, 2024

राजस्थानको लखनऊविरुद्ध सहज जित

एजेन्सी – जारी इंडियन प्रिमियर लिग (आईपिएल) को शीर्ष स्थानमा रहेको राजस्थान रोयल्सले अंकदूरी बढाएको छ । नवौं खेलमा आठौ जित दर्ता गर्ने क्रममा राजस्थानले लखनऊ सुपर जाएन्ट्स माथि ७ विकेटको सहज जित दर्ता गरेको हो । लखनऊले दिएको १९७ रनको लक्ष्य पछ्याएको राजस्थानले ६ बल बाँकी छँदै लक्ष्य ३ विकेट मात्र गुमाएर भेटायो । […]

April 27, 2024

रोहितको शतकसँगै केल्मीको विश्वकप जर्सीमा विशेष अफर

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ए विरुद्ध टि२० सिरिजको पहिलो खेलमा नेपाललाई जित दिलाउन कप्तान रोहित कुमार पौडेलले शतक प्रहार गरे । नेपालको राष्ट्रिय क्रिकेट टोलीको किट निर्माणकर्ता केल्मीले रोहितको शतकको अवसरमा समर्थकहरुलाई विशेष अफर ल्याएको छ । रोहितले १ सय १२ रनको सानदार इनिङ खेलेपछि केल्मीले विश्वकप जर्सीको प्रि-अर्डरमा १ सय १२ रुपैयाँ […]

April 27, 2024

दिल्लीद्वारा मुम्बई पराजित

एजेन्सी – रनको भारी वर्षा भएको इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गतको खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इण्डियन्स माथि जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा दिल्लीले १० रनको जित निकालेको हो । दिल्लीले दिएको २५८ रनको विशाल लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर २४७ रन मात्र बनाउन सक्यो । मुम्बईका लागि तिलक […]

Success

Thank you for your time.