default_image

4 years ago

May 16, 2022

पन्जाबमाथि जितसँगै दिल्लीको प्लेअफ सम्भावना कायमै

245 views

0 Bookmark

एजेन्सी – तीव्र गतिका बलर शार्दुल ठाकुर र शीर्षक्रमका ब्याटर मिचेल मार्शको उत्कृष्ट प्रदर्शनमा दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा पन्जाब किंग्सलाई १७ रनले पराजित गरेको छ । यो जितसँगै दिल्ली १४ अंकका साथ चौथो स्थानमा उक्लिदै प्लेअफको सम्भावना कायमै राखेको छ ।

जितको लागि १ सय ६० रनको विजयी लक्ष्य पछ्याएको पन्जाबले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४२ रन बनायो । पन्जाबका विकेटकिपर जितेश शर्माले ३४ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ४४ रन बनाए । राहुल चाहर २४ बलमा २ चौका र १ छक्कासहित २५ रनमा अविजित रहे ।

ओपनर जोनी बेयरस्टो १५ बलमा ४ चौका र १ छक्कासहित २८ रनमा आउट भए । शिखर धवन १९, भानुका राजपक्षे ४, लियाम लिभिङस्टोन ३ र मयंक अग्रवाल शून्यमा आउट भए । स्पिनर कुलदीप यादवको आठौं ओभरको अन्तिम बलमा पन्जाबका प्रमुख ब्याटर लियाम लिभिङस्टोन स्टम्पिङ आउट भएपछि जित कठिन बनेको थियो ।

हरप्रीत ब्रार १ र ऋषि धवन ४ रनमा आउट भए दिल्लीका शार्दुल ठाकुरले ४ ओभरमा ३६ रन खर्चेर ४ विकेट लिए । स्पिनर अक्षर पटेलले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिए । स्पिनर कुलदीप यादवले ३ ओभरमा १४ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि डिवाई पाटिल स्पोर्ट्स एकेडेमी मुम्बईमा टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५९ रन बनाएको थियो । दिल्लीका मिचेल मार्शले ४८ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ६३ रन बनाए । मार्श बाहेक अन्य ब्याटरले राम्रो रन बनाउन सकेनन् ।

ओपनर डेविड वार्नर इनिङको पहिलो बलमै रोेयल डक आउट भए । स्पिनर लियाम लिभिङस्टोनको बलमा वार्नर राहुल चाहरबाट क्याच भए । अर्का ओपनर शरफराज खान १६ बलमा ५ चौका र १ छक्कासहित ३२ रनमा आउट भए । ललित यादव २४, ऋषभ पन्त ७, रोभम्यान पावेल २ र शार्दुल ठाकुर ३ रनमा आउट भए । अक्षर पटेल २० बलमा १७ रन र कुलदीप यादव २ रनमा अविजित रहे ।

पन्जाब किंग्सका अर्शदीप सिंहले ४ ओभरमा ३७ रन खर्चेर ३ विकेट लिए । लियाम लिभिङस्टोनले ४ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए ।

दिल्लीले अव अन्तिम खेल २१ मे मा मुम्बई इन्डियन्ससँग खेल्नेछ । उक्त खेलमा विजयी हुँदा १६ अंक हुनेछ । दिल्लीसँगै १६ अंकका साथ रोयल च्यालेन्जर्स बेंगलोर पनि प्लेअफमा पुग्ने सोचमा छ । बेंगलोरले १९ मेमा शीर्षस्थानको गुजरात टाइटन्ससँग खेल्नेछ । उक्त खेलमा बेंगलोर पराजित भएमा र दिल्ली विजयी भएमा सहजै प्लेअफमा पुग्नेछ । अन्यथा नेटरनरेटमा निर्भर रहनुपर्छ ।

पन्जाबले अन्तिम खेल २२ मे मा सनराइजर्स हैदराबादसँग खेल्नेछ । पन्जाब प्ले अफमा पुग्न अन्तिम खेलमा नाटकीय नतिजा आउनुपर्छ । अन्तिम खेलमा दिल्ली, बेंगलोर र कोलकाता भारी अन्तरले पराजित हुँदा र पन्जाबले फराकिलो जित हात पार्न सके १४ अंकका साथ अन्तिम चारमा रहँदै प्लेअफमा पुग्न सक्छ ।

अंक तालिका

गुजरात १३ खेलमा १० मा जित र ३ मा हारका २० अंक जोड्दै शीर्ष स्थानमम छ । राजस्थान रोयल्स १३ खेलमा ८ मा जित र ५ मा हार सहित १६ अंकका साथ दोस्रो स्थानमा छ । लखनऊ १३ खेलमा ८ मा जित र ५ मा हार सहित १६ अंकका साथ तेस्रो स्थानमा छ ।

दिल्ली १३ खेलमा ७ मा जित र ६ मा हार सहित १४ अंक जोड्दै चौथो स्थानमा उक्लिएको छ । बेंगलोर १३ खेलमा ७ मा जित र ६ मा हार सहित १४ अंकका साथ पाँचौं स्थानमा छ । कोलकाता नाइट राइडर्स १३ खेलमा ६ मा जित र ७ खेलमा हार सहित छैटौं स्थानमा छ ।

पन्जाब १३ खेलमा ७ मा जित र ६ मा हार बेहोर्दै १२ अंक जोड्दै साथ सातौं स्थानमा छ । हैदराबाद १२ खेलमा ५ मा जित र ७ मा हार सहित आठौं स्थानमा छ । चेन्नई १३ खेलमा ४ मा जित र ९ मा हार सहित नवौं स्थानमा छ । मुम्बई १२ खेलमा ३ मा जित र ९ मा हार सहित पुछारमा छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.