default_image

4 years ago

May 18, 2022

मुम्बईमाथि हैदराबादको रोमान्चक जित

266 views

0 Bookmark

एजेन्सी – सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा मुम्बई इन्डियन्समाथि तीन रनको रोमान्चक जित हात पारेको छ । योसँगै हैदराबादले प्लेअफको अंक गणीतिय झिनो आशा कायमै राखेको छ ।


जितको लागि १ सय ९४ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ९० रन बनायो । मुम्बईलाई जितको लागि अन्तिम १२ बलमा १९ रन चाहिँएको थियो । तीव्र गतिका बलर भुवनेश्वर कुमारले १९ औं ओभर मेडन फ्याँलेपछि जित कठिन बनेको थियो ।

त्यसअघिको १८ औं ओभरमा टिम डेविडले टि नटराजनलाई चार छक्का प्रहार गर्दै जित नजिक पुर्याएका थिए । तर अन्तिम बलमा डेविड रन आउट हुनु मुम्बईको हारको अर्को टनिङ प्वाइन्ट बन्यो ।

मुम्बईलाई ओपनर रोहित शर्मा र ईशान किशनले पहिलो विकेटका लागि १०.४ ओभरमा ९५ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । रोहित ३६ बलमा २ चौका र ४ छक्कासहित ४८ रनमा आउट भए । किशन ३४ बलमा ५ चौका र १ छक्कासहित ४३ रनमा आउट भए । टिम डेविडले १८ बलमा ३ चौका र ४ छक्कासहित ४६ रन जोडेका थिए ।

ड्यानियल साम्स १५ र रमनदीप सिंहले १४ रन जोडे । हैदराबादका उमरान मलिकले ३ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए । भुवनेश्वर कुमार र वासिन्टन सुन्दरले १–१ विकेट लिए ।

त्यसअघि वानखडे स्टेडियम मुम्बईमा टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९३ रन बनायो । हैदराबादका राहुल त्रिपाठीले ४४ बलमा ९ चौका र ३ छक्कासहित सर्वाधिक ७६ रन बनाए । निकोलस पुरन २२ बलमा २ चौका र ३ छक्कासहित ३८ रनमा आउट भए ।

तेस्रो विकेटका लागि पुरन र त्रिपाठीले ४२ बलमा ७६ रनको साझेदारी गरेका थिए । ओपनर अभिषेक शर्मा ड्यानियल साम्सको बलमा ९ रनमा मयंक मारकान्डेबाट क्याच भए । तर दोस्रो विकेटका लागि प्रियम गर्ग र राहुल त्रिपाठीले दोस्रो विकेटका लागि ४३ बलमा ७८ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाए ।

यस सिजनको पहिलो खेल खेलेका गर्ग २६ बलमा ४ चौका र २ छक्कासहित ४२ रनमा कट एण्ड बोल्ड आउट भए । गर्ग रमनदीप सिंहको बलमा आउट भए । एडेन माक्ररम २, केन विलियम्सन ८ र वासिन्टन सुन्दरले ९ रन बनाए ।

मुम्बईका रमनदीप सिंहले ३ ओभरमा २० रन खर्चेर ३ विकेट लिए । ड्यानियल साम्स, राइली मेरीडिथ र जस्प्रित बुमराहले १–१ विकेट लिए । मुम्बईले अन्तिम खेल २१ मे मा दिल्ली क्यापिटल्ससँग खेल्नेछ । उक्त खेलमा मुम्बई विजयी हुँदा रोयल च्यालेन्जर्स बेंगलोर, पन्जाब किंग्स, कोलकाता नाइट राइडर्स र हैदराबादलाई फाइदा पुग्नेछ ।

दिल्ली विजयी हुँदा भने यी चारै टोली बाहिरिनेछन् । हैदराबादले अन्तिम खेल २२ मे मा पन्जाबसँग खेल्नेछ । उक्त खेलमा फराकिलो अन्तरको साथै दिल्ली र बेंगलोर अन्तिम खेलमा पराजित हुँदा नेटरनरेटमा झिनो आशा बाँकी छ ।

अंक तालिका

गुजरात १३ खेलमा १० मा जित र ३ मा हारका २० अंक जोड्दै शीर्ष स्थानमम छ । राजस्थान रोयल्स १३ खेलमा ८ मा जित र ५ मा हार सहित १६ अंकका साथ दोस्रो स्थानमा छ । लखनऊ १३ खेलमा ८ मा जित र ५ मा हार सहित १६ अंकका साथ तेस्रो स्थानमा छ ।

दिल्ली १३ खेलमा ७ मा जित र ६ मा हार सहित १४ अंक जोड्दै चौथो स्थानमा उक्लिएको छ । बेंगलोर १३ खेलमा ७ मा जित र ६ मा हार सहित १४ अंकका साथ पाँचौं स्थानमा छ । कोलकाता नाइट राइडर्स १३ खेलमा ६ मा जित र ७ खेलमा हार सहित छैटौं स्थानमा छ ।

पन्जाब १३ खेलमा ७ मा जित र ६ मा हार बेहोर्दै १२ अंक जोड्दै साथ सातौं स्थानमा छ । हैदराबाद १३ खेलमा ६ मा जित र ७ मा हार सहित आठौं स्थानमा छ । चेन्नई १३ खेलमा ४ मा जित र ९ मा हार सहित नवौं स्थानमा छ । मुम्बई १३ खेलमा ३ मा जित र १० मा हार सहित पुछारमा छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.