default_image

4 years ago

May 18, 2022

डि ककको सानदार शतकमा कोलकातालाई विशाल लक्ष्य

193 views

0 Bookmark

एजेन्सी – ओपनर क्विन्टन डि ककको सानदार शतकमा लखनऊ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को ६६ औं खेलमा कोलकाता नाइट राइडर्सलाई २ सय ११ रनको विशाल लक्ष्य दिएको छ ।

डिवाई पाटिल स्पोर्ट्स एकेडेमी मुम्बईमा टस जितेर पहिला ब्याटिङ थालेको लखनऊले निर्धारित २० ओभरमा कुनै विकेट नगुमाई २ सय १० रन बनायो । लखनऊका विकेटकिपर तथा ओपनर डि कक ७० बलमा १० चौका र १० छक्कासहित सर्वाधिक १ सय ४० रनमा अविजित रहे ।

डि ककले ५९ बलमा आइपिएल करिअरको दोस्रो शतक प्रहार गरे । डि ककले आन्द्रे रसेललाई १८ औं ओभरको चौथो बलमा थर्डम्यानमा चौका प्रहार गर्दै शतक प्रहार गरेका थिए ।

डि ककले यसअघि २०१६ मा तत्कालिन दिल्ली डेयर डेभिल्सबाट रोयल च्यालेन्जर्स बेंगलोरविरुद्ध १ सय ८ रनको शतकीय इनिङ खेलेका थिए । डि ककले तेस्रो ओभरको दोस्रो बलमा अभिजित तोमरले ब्यक्तिगत १२ रनमा क्याच छोड्दा जीवनदान पाएका थिए ।

कप्तान लोकेश राहुल ५१ बलमा ३ चौका र ४ छक्कासहित ६८ रनमा अविजित रहे । लखनऊले अन्तिम १२ बलमा ४ छक्का र ४ चौकासहित ४६ रन जोड्दै विशाल योगफलमा पुर्याएको हो ।

लखनऊ यस खेलमा विजयी हुँदा प्लेअफमा पुग्नुको साथै अन्तिम दुईमा रहँदै क्वालिफायर खेल्ने सम्भावना बलियो बन्नेछ ।

कोलकाता पराजित हुँदा औपचारिक रुपमा बाहिरिने तेस्रो टोली बन्नेछ । चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्स बाहिरि सकेका छन् ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.