default_image

4 years ago

May 18, 2022

आइपिएलमा राहुल र डि ककको दुई दुर्लभ कीर्तिमान

261 views

0 Bookmark

एजेन्सी – लखनऊ सुपर जायन्ट्सका ओपनर क्विन्टन डि कक र लोकेश राहुलले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दुई दुर्लभ कीर्तिमान बनाएका छन् । आइपिएल २०२२ को ६६ औं खेलमा कोलकाता नाइट राइडर्सलाई २ सय ११ रनको विशाल लक्ष्य दिनेक्रममा दुई कीर्तिमान बनाएका हुन् ।

डिवाई पाटिल स्पोर्ट्स एकेडेमी मुम्बईमा टस जितेर पहिला ब्याटिङ थालेको लखनऊले निर्धारित २० ओभरमा कुनै विकेट नगुमाई २ सय १० रन बनायो । लखनऊका विकेटकिपर तथा ओपनर डि कक ७० बलमा १० चौका र १० छक्कासहित सर्वाधिक १ सय ४० रनमा अविजित रहे । कप्तान लोकेश राहुल ५१ बलमा ३ चौका र ४ छक्कासहित ६८ रनमा अविजित रहे ।

आइपिएल इतिहासमा २ सय १० रन ओपनरले गरेको सर्वाधिक ठूलो साझेदारी हो । सन् २०१९ मा सनराइजर्स हैदराबादका जोनी बेयरस्टो र डेविड वार्नरले बेंगलोरविरुद्ध पहिलो विकेटका लागि १ सय ८६ रनको साझेदारी गरेका थिए । जुन पहिलो विकेटका लागि आइपिएलको उच्च साझेदारी रहँदै आएको थियो ।

त्यस्तै आइपिएल इतिहासको तेस्रो ठूलो साझेदारीमा पर्दछ । सर्वाधिक ठूलो साझेदारी बेंगलोरका विराट कोहली र क्रिस गेलले २०१६ मा गुजरात लायन्सविरुद्ध दोस्रो विकेटका २ सय २९ रनको गरेका थिए । त्यस्तै बेंगलोरका विराट कोहली र एवि डिभिलियर्सले दोस्रो विकेटका लागि सन् २०१५ मा मुम्बईविरुद्ध २ सय १५ रनको अविजित साझेदारी गरेका थिए । जुन दोस्रो ठूलो साझेदारी हो ।

त्यस्तै आइपिएल इतिहासमा पहिलो पटक ओपनरले पुरै २० ओभर खेलेका छन् । यसअघि कुनैपनि संस्करणमा ओपनरले पुरै २० ओभर भने खेलेका थिएनन् । डि ककको १ सय ४० रनको इनिङ एक ब्याटरले आइपिएलमा बनाएको तेस्रो ठूलो रन हो । क्रिस गेलले सन् २०१३ मा बेंगलोरबाट पुणे वारियर्सविरुद्ध बनाएको अविजित १ सय ७५ रन आइपिएल इतिहासको सर्वाधिक ठूलो इनिङ हो ।

जुन आइपिएल मात्र नभएर टि२० इतिहासमा एक ब्याटरको हालसम्म बनाएको उत्कृष्ट प्रदर्शन रहँदै आएको छ । आइपिएलको दोस्रो ठूलो इनिङ कोलकाताबाट ब्रेन्डन म्याकुलमले २००८ मा बेंगलोरविरुद्ध १ सय ५८ रनको अविजित शतक प्रहार गरेका थिए ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.