default_image

2 years ago

May 19, 2022

पुलिसले सिक्किममा क्रिकेट प्रतियोगिता खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – घरेलु क्रिकेटको एक सफल विभागीय टोली नेपाल पुलिस क्लबले भारतको सिक्किममा बिहीबार देखि सुरु हुने तेस्रो संस्करणको कन्चनजंगा शिल्ड ए डिभिजन क्रिकेट लिग खेल्ने भएको छ । दुई आमन्त्रिण टोलीमा नेपालबाट पुलिस र कोलबाताबाट राजस्थान क्लब खेल्नेछन् । सक्किम क्रिकेट बोर्डले आयोजना गर्ने उक्त प्रतियोगितामा रणजी ट्रफी खेलेका अनुभवी खेलाडी पनि […]

69 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – घरेलु क्रिकेटको एक सफल विभागीय टोली नेपाल पुलिस क्लबले भारतको सिक्किममा बिहीबार देखि सुरु हुने तेस्रो संस्करणको कन्चनजंगा शिल्ड ए डिभिजन क्रिकेट लिग खेल्ने भएको छ । दुई आमन्त्रिण टोलीमा नेपालबाट पुलिस र कोलबाताबाट राजस्थान क्लब खेल्नेछन् ।

सक्किम क्रिकेट बोर्डले आयोजना गर्ने उक्त प्रतियोगितामा रणजी ट्रफी खेलेका अनुभवी खेलाडी पनि खेल्नेछन् । पुलिसले दोस्रो पटक यस प्रतियोगिता खेलेको हो । पुलिसले गत वर्ष अपराजित रहँदै फर्किएको थियो । आमन्त्रिण टोली हुँदा सेमिफाइनल र फाइनल भने खेल्न पाउने छैन ।

पुलिस समूह ए मा छ । पुलिसको समूहमा स्थानीय एचआरसीसी नाम्ची, रोयल नर्थ ब्रोर्दश, अलपाइनल स्र्पोटिङ क्लब, युक्सम क्यापिटल्स छन् । पुलिसले आजनै एचआरसीसीसँग खेल्दै सुरुवात गर्नेछ । पुलिसको टोलीमा अनिल कुमार शाह, योगेन्द्रसिंह कार्की, राशिद खान, प्रेम तामाङ, प्रतिश जि.सी र शंकर राना लगायतका खेलाडी छन् ।

खेल तालिका

April 26, 2024

बेयरस्टोको शतकमा पन्जाबको सानदार जित

एजेन्सी – जोनी बेयरस्टोले सानदार नटआउट शतक बनाएपछि पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हराएको छ । २ सय ६२ रनको लक्ष्य पछ्याएको पन्जाबका लागि बेयरस्टोको शतकसँगै प्रभसिमरन सिंह र शंशाक सिंहले अर्धशक बनाएपछि ८ बलअघि २ विकेटको नोक्सानीमा पूरा गरेको थियो । ४८ बलमा बेयरस्टोले ९ छक्का […]

April 26, 2024

विश्वकप जति नजिक, टोलीको भविष्य त्यति अनिश्चित

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीले अबको ५ सातामा आइसीसी मेन्स टि२० विश्वकप अन्तर्गत पहिलो खेल खेल्नेछ । तर विश्वकप खेल्ने मिति नजिकिंदै जाँदा नेपाली टोलीमा खेलाडी संख्या घट्दै जानुपर्नेमा तयारीको अन्तिम सिरिजको पूर्व सन्ध्यामा आएर अप्रत्याशित रुपमा बढेको छ । विश्वकपको तयारीका लागि भारतको गुजरातमा मैत्रीपूर्ण सिरिज खेल्न नेपालले १५ सदस्यीय टोली घोषणा […]

April 26, 2024

वेस्ट इन्डिज ‘ए’लाई मन्त्री श्रेष्ठको शुभकामना

काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकूद मन्त्री बिराजभक्त श्रेष्ठले नेपाल‌ भ्रमणमा रहेको वेस्ट इन्डिज ‘ए’ टिमसँग भेट गरेका छन्। नेपाली क्रिकेट टोलीसँग शनिबार सुरु हुने ५ टि ट्वान्टी सिरिजका लागि मन्त्री श्रेष्ठले वेस्ट इन्डिज ‘ए’ टोलीलाई सफलता शुभकामना दिएका हुन् । आज साँझ मन्त्री श्रेष्ठले वेस्ट इन्डिजको ‘ए’ टिमका खेलाडी तथा प्रशिक्षकसँग भेटेर नेपाल सरकारको […]

Success

Thank you for your time.