काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले भारतको सिक्किममा जारी तेस्रो संस्करणको कन्चनजंगा शिल्ड ए डिभिजन क्रिकेट लिगको पहिलो खेलमा एचआरसिसी नाम्चीलाई ३ सय ३ रनको विशाल लक्ष्य दिएको छ ।

सिक्किमको मंगनमा टस जितेर पहिला ब्याटिङ थालेको पुलिस निर्धारित ४० ओभरमा ३ सय २ रनमा अल आउट भयो । पुलिसका ओपनर शंकर रानाले ५९ बलमा ९ चौकासहित सर्वाधिक ६५ रन बनाए ।
ओपनर अनिल कुमार शाह २०, योगेन्द्रसिंह कार्की ३२ र पवन सरार्फ १३ रनमा आउट भए । दीलिप नाथले ३६ बलमा ४ चौका र १ छक्कासहित ४० रनमा आउट भए । प्रेम तामाङ ३३ बलमा ३ चौका र १ छक्कासहित ३४ रनमा आउट भए । तल्लोक्रमका मञ्जित श्रेष्ठ ८, गुलशन झा १६, राशिद खान ९ र प्रतिश जि.सीले १३ रन बनाए ।
नाम्चीका जेम्शले ८ ओभरमा ६७ रन खर्चेर ३ विकेट लिए । परिचेत राइ र मुश्ताकको नाममा २–२ विकेट रह्यो ।
सक्किम क्रिकेट बोर्डले आयोजना गर्ने उक्त प्रतियोगितामा रणजी ट्रफी खेलेका अनुभवी खेलाडी पनि खेल्नेछन् । पुलिसले दोस्रो पटक यस प्रतियोगिता खेलेको हो । पुलिसले गत वर्ष अपराजित रहँदै फर्किएको थियो ।
पुलिस समूह ए मा छ । पुलिसको समूहमा स्थानीय एचआरसीसी नाम्ची, रोयल नर्थ ब्रोर्दश, अलपाइनल स्र्पोटिङ क्लब, युक्सम क्यापिटल्स छन् ।