default_image

2 years ago

May 19, 2022

ज्योति अर्धशतकबाट चुक्दा युगान्डालाई मध्यम लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर ज्योति पाण्डे अर्धशतक बनाउन चुक्दा नेपालले तेस्रो महिला टि२० आई खेलमा युगान्डालाई १ सय रनको मध्यम लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ९९ रन बनायो । नेपालकी ओपनर ज्योति पाण्डे ५४ बलमा ५ चौकासहित ४७ रनमा बोल्ड […]

149 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर ज्योति पाण्डे अर्धशतक बनाउन चुक्दा नेपालले तेस्रो महिला टि२० आई खेलमा युगान्डालाई १ सय रनको मध्यम लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ९९ रन बनायो ।

नेपालकी ओपनर ज्योति पाण्डे ५४ बलमा ५ चौकासहित ४७ रनमा बोल्ड भइन् । ज्योति फिओना कुलुमेको १९ औं ओभरको चौथो बलमा बोल्ड भएपछि घरेलु मैदानमा अर्धशतक प्रहार गर्ने पहिलो महिला खेलाडी बन्नबाट तीन रनले चुकेकी थिइन् । उनको यो अन्तर्राष्ट्रिय करिअरको उच्च प्रदर्शन हो ।

ओपनर विन्दु रावललाई दोस्रो ओभरको तेस्रो बलमा फिओना कुलुमेले ४ रनमा बोल्ड गरिन् । भने सीता रानामगर जेनेत म्बावाजीको बलमा कुलुमेबाट १२ रनमा क्याच भइन् । २५ बल खेलेकी सीताले १ चौका प्रहार गरिन् ।

इन्दु बर्मालाई सारा अकिटेंगले १ रनमा एलबीडब्लू आउट गरिन् । रिता मुसामालीको बलमा सरिता मगर शून्यमा क्याच भइन् । रोमा थापा र डली भट्ट ३–३ रनमा आउट भए । कप्तान रुविना क्षेत्री बेलबासे १५ बलमा २ चौकासहित १८ रनमा अविजित रहिन् ।

फिओना कुलुमेले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिइन् । कोन्सी एविकोले ४ ओभरमा रन खर्चेर विकेट लिइन् । सारा अकिटेंगले ४ ओभरमा १ मेडनसहित १६ रन खर्चेर २ विकेट लिइन् ।

April 26, 2024

बेयरस्टोको शतकमा पन्जाबको सानदार जित

एजेन्सी – जोनी बेयरस्टोले सानदार नटआउट शतक बनाएपछि पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हराएको छ । २ सय ६२ रनको लक्ष्य पछ्याएको पन्जाबका लागि बेयरस्टोको शतकसँगै प्रभसिमरन सिंह र शंशाक सिंहले अर्धशक बनाएपछि ८ बलअघि २ विकेटको नोक्सानीमा पूरा गरेको थियो । ४८ बलमा बेयरस्टोले ९ छक्का […]

April 26, 2024

विश्वकप जति नजिक, टोलीको भविष्य त्यति अनिश्चित

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीले अबको ५ सातामा आइसीसी मेन्स टि२० विश्वकप अन्तर्गत पहिलो खेल खेल्नेछ । तर विश्वकप खेल्ने मिति नजिकिंदै जाँदा नेपाली टोलीमा खेलाडी संख्या घट्दै जानुपर्नेमा तयारीको अन्तिम सिरिजको पूर्व सन्ध्यामा आएर अप्रत्याशित रुपमा बढेको छ । विश्वकपको तयारीका लागि भारतको गुजरातमा मैत्रीपूर्ण सिरिज खेल्न नेपालले १५ सदस्यीय टोली घोषणा […]

April 26, 2024

वेस्ट इन्डिज ‘ए’लाई मन्त्री श्रेष्ठको शुभकामना

काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकूद मन्त्री बिराजभक्त श्रेष्ठले नेपाल‌ भ्रमणमा रहेको वेस्ट इन्डिज ‘ए’ टिमसँग भेट गरेका छन्। नेपाली क्रिकेट टोलीसँग शनिबार सुरु हुने ५ टि ट्वान्टी सिरिजका लागि मन्त्री श्रेष्ठले वेस्ट इन्डिज ‘ए’ टोलीलाई सफलता शुभकामना दिएका हुन् । आज साँझ मन्त्री श्रेष्ठले वेस्ट इन्डिजको ‘ए’ टिमका खेलाडी तथा प्रशिक्षकसँग भेटेर नेपाल सरकारको […]

Success

Thank you for your time.