3 years ago
May 19, 2022
काठमाडौं (हाम्रो खेलकुद) – युगान्डाले तेस्रो महिला टि२० आई खेलमा नेपालले प्रस्तुत गरेको मध्यम विजयी लक्ष्य पछ्याउनेक्रममा राम्रो ब्याटिङ सुरुवात गरेको छ ।
जितको लागि १ सय रनको मध्यम विजयी लक्ष्य पछ्याएको युगान्डाले ८.३ ओभरमा १ विकेट गुमाउँदै ४७ रन बनाएको छ । युगान्डाकी केभिन एविनो २१ बलमा ४ चौकासहित २१ रनमा अविजित छिन् । जेनेत म्बावाजी २३ बलमा १ चौका र १ छक्कासहित १५ रनमा अविजित छिन् ।
तीव्र गतिकी बलर कविता कँवरले तेस्रो ओभरको पहिलो बलमा ओपनर लियोना बबिरेलाई ५ रनमा ज्योति पाण्डेबाट क्याच गराइन् । तर दोस्रो विकेटका लागि म्बावाजी र एविनोले ३६ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका हुन् ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ९९ रन बनाएको थियो । नेपालकी ओपनर ज्योति पाण्डे ५४ बलमा ५ चौकासहित ४७ रनमा बोल्ड भइन् ।
December 12, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा बिहीवारको पहिलो खेलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सविरुद्ध टस जितेको छ । टियु क्रिकेट मैदानमा टस जितेर विरानगरका कप्तान सन्दीप लामिछानेले ब्याटिङ रोजेका हुन् ।
December 12, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा बिहीवार पनि दुई खेल हुनेछन् । एनपिएलमा आज २०औं तथा २१औं खेल हुँदैछ । पहिलो खेलमा अंक तालिकामा सातौ र आठौं स्थानमा रहेका पोखरा एभेन्जर्स र विराटनगर किंग्सबीचमा खेल हुनेछ । कीर्तिपुरस्थित टियु मैदानमा पहिलो खेल बिहान ९ बजे सुरु हुनेछ। दुवै टोली पाँचौ खेल खेल्दै […]
December 11, 2024
भुपेन्द्र जि.सी. लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ मा काठमाण्डु गुर्खाजसँग १८ रनले हार्दै प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली बन्यो । लिगका ६ मध्य ५ खेल हारेपछि लुम्बिनी प्लेअफ दौडबाट बाहिरिएको हो । असोज तेस्रो साता काठमाडौंमा सम्पन्न अक्सनमा लुम्बिनी सबैभन्दा भाग्यमानी मानिएको थियो । अक्सनमा उच्च प्रतिस्पर्धापछि गोलाप्रथामा टोलीले ५ खेलाडी (ग्रेड ए […]