default_image

4 years ago

May 19, 2022

लगातार तेस्रो हारसँगै नेपालले दुई खेल अगावै सिरिज गुमायो

326 views

0 Bookmark

खेलकुद) – नेपाल युगान्डासँग तेस्रो महिला टि२० आई खेलमा ६ विकेटको हार बेहोरेको छ । योसँगै घरेलु टोली नेपालले दुई खेल अगावै पाँच महिला टि२० आई सिरिज ३–० ले गुमाएको छ ।

जितको लागि १ सय रनको मध्यम विजयी लक्ष्य पछ्याएको युगान्डाले १८.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । युगान्डाकी ओपनर तथा विकेटकिपर केभिन एविनो ५१ बलमा ४ चौकासहित ४२ रनमा अविजित रहिन् । जेनेत म्बावाजी ३९ बलमा १ चौका र १ छक्कासहित २७ रनमा आउट भइन् ।

तीव्र गतिकी बलर कविता कँवरले तेस्रो ओभरको पहिलो बलमा ओपनर लियोना बबिरेलाई ५ रनमा ज्योति पाण्डेबाट क्याच गराइन् । तर दोस्रो विकेटका लागि म्बावाजी र एविनोले ६७ रनको साझेदारी गर्दै सहज जित पक्का गराए । जेनेतलाई इन्दु बर्माले बोल्ड गरेकी थिइन् ।


नेपालकी कविता कँुवरले ३ ओभरमा २२ रन खर्चेर २ विकेट लिइन् । इन्दु बर्मा र रुविना क्षेत्री बेलबासेले १–१ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ९९ रन बनाएको थियो । नेपालकी ओपनर ज्योति पाण्डे ५४ बलमा ५ चौकासहित ४७ रनमा बोल्ड भइन् । ज्योति फिओना कुलुमेको १९ औं ओभरको चौथो बलमा बोल्ड भएपछि घरेलु मैदानमा अर्धशतक प्रहार गर्ने पहिलो महिला खेलाडी बन्नबाट तीन रनले चुकेकी थिइन् ।

ओपनर विन्दु रावललाई दोस्रो ओभरको तेस्रो बलमा फिओना कुलुमेले ४ रनमा बोल्ड गरिन् । भने सीता रानामगर जेनेत म्बावाजीको बलमा कुलुमेबाट १२ रनमा क्याच भइन् । २५ बल खेलेकी सीताले १ चौका प्रहार गरिन् ।

इन्दु बर्मालाई सारा अकिटेंगले १ रनमा एलबीडब्लू आउट गरिन् । रिता मुसामालीको बलमा सरिता मगर शून्यमा क्याच भइन् । रोमा थापा र डली भट्ट ३–३ रनमा आउट भए । कप्तान रुविना क्षेत्री बेलबासे १५ बलमा २ चौकासहित १८ रनमा अविजित रहिन् ।

फिओना कुलुमेले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिइन् । कोन्सी एविकोले ४ ओभरमा रन खर्चेर विकेट लिइन् । सारा अकिटेंगले ४ ओभरमा १ मेडनसहित १६ रन खर्चेर २ विकेट लिइन् । नेपाल पहिलो खेलमा १२ रन र दोस्रो खेलमा १ विकेटले पराजित भएको थियो । नेपालले चौथो खेल शुक्रबार र पाँचौं खेल शनिबार खेल्नेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.