4 years ago
May 19, 2022
एजेन्सी – कप्तान हार्दिक पान्ड्याको अर्धशतकमा गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को ६७ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई १ सय ६९ रनको मध्यम लक्ष्य दिएको छ ।

वानखडे स्टेडियम मुम्बईमा टस जितेर पहिला ब्याटिङ रोजेको गुजरातले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६८ रन बनायो । गुजरातका कप्तान हार्दिक पान्ड्या ४७ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ६२ रनमा अविजित रहे ।
डेविड मिलर २५ बलमा ३ छक्कासहित ३४ रनमा आउट भए । ओपनर ऋद्धिमान शाह २२ बलमा ४ चौका र १ छक्का सहित ३१ रनमा आउट भए । शुभमन गिल १, म्याथ्यू वेड १६ र राहुल टेवाटिया २ रनमा आउट भए । राशिद खान ६ बलमा २ छक्कासहित १९ रनमा अविजित रहे ।
बेंगलोरका जोश हेजलवुडले ४ ओभरमा ३९ रन खर्चेर २ विकेट लिए । ग्लेन म्याक्सवेल र वानिन्दु हसरंगाले १–१ विकेट लिए । बेंगलोरलाई प्लेअफमा पुग्ने समिकरण कायमै राख्न यस खेलमा विशाल जित हात पार्नुपर्ने हुन्छ । तर जितले मात्र प्लेअफमा पुग्दैन ।
दिल्ली क्यापिटल्स शनिबार मुम्बई इन्डियन्ससँग पराजित हुनुपर्छ । दिल्ली विजयी हुँदा बेंगलोर यदि आजको खेलमा जित निकाले पनि नेटरनरेटको कारण बाहिरिने उच्च सम्भावना छ । गुजरात भने शीर्ष स्थानमा रहँदै क्वालिफायर खेल्ने पक्का भएको छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]