default_image

4 years ago

May 20, 2022

डेब्यू मै १५ वर्षीय हिरान्मायको ‘प्लेयर अफ द म्याच’ प्रदर्शन

268 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीकी युवा लेगस्पिनर हिरान्माये रोयले डेब्यू खेलमै प्लेयर अफ द म्याच प्रदर्शन गरेकी छिन् । नेपालले शुक्रबार युगान्डालाई चौथो खेलमा १५ रनले हराउँदा हिरान्मायले दुई विकेट लिँदै प्लेयर अफ द म्याच चुनिएकी हुन् ।

नेपालले प्रस्तुत गरेको ९८ रनको मध्यम विजयी लक्ष्य पछ्याएको युगान्डाले निर्धारित १८ ओभरमा ८ विकेट गुमाउँदै ८२ रन बनायो । १५ वर्षीय हिरान्मायेले युगान्डाबाट सर्वाधिक २१ रन बनाएकी जेनेत म्बावाजीलाई बोल्ड गर्दै डेब्यू विकेट हात पारेकी थिइन् ।

लेगस्पिनर समेत रहेकी उनले युगान्डाकी कप्तान कोन्सी एविकोलाई शून्यमा बोल्ड गरिन् । उनले ३ ओभरमा ११ रन खर्चेर २ विकेट लिँदै डेब्यूलाई सानदार र यादगार बनाइन् । त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपाल १७.५ ओभरमा ९७ रनमा अल आउट भएको थियो । नेपालको लागि ओपनर ज्योति पाण्डेले सर्वाधिक १७ रन बनाइन् ।

नेपालले सुरुवाती तीन खेल भने क्रमश : १२ रन, १ विकेट र ६ विकेटले गुमाएको थियो । दुई खेल अगावै सिरिज गुमाएपछि नेपालले संगीता राईको स्थानमा उनलाई डेब्यू दिने निर्णय गरेको थियो । उनलाई प्रमुख अलराउन्डर सीता रानामगरले नेपालको लागि २४ औं महिला टि२० आई क्याप दिएकी थिइन् ।

प्रदेश १ बाट यू-१९ राष्ट्रिय प्रतियोगितामा सानदार प्रदर्शन गरेपछि उनी यू१९ एसिया कप छनोटको लागि नेपाली टोलीमा परेकी थिइन् । यू-१९ बन्द प्रशिक्षणमा राम्रो प्रभाव छाडेपछि नेपालले उनलाई सिनियर टोलीमा मौका दिएको थियो ।

हिरान्मायेले प्रदेश १ बाट यस सिजनको ललितपुर वुमन्स महिला टि२० च्याम्पियनसिप समेत खेलेकी थिइन् । जसमा एपिएफकी कप्तान सीता राना मगरलाई बोल्ड र लुम्बिनी प्रदेशकी लक्ष्मी चौधरीलाई स्टम्पिङ आउट गराउन सफल भएकी थिइन् ।

युगान्डामाथि नेपालको पहिलो जित

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.