default_image

4 years ago

May 20, 2022

धोनीले अर्को वर्षपनि आइपिएल खेल्ने पक्का

292 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – भारतीय क्रिकेट टोलीका सर्वाधिक सफल कप्तान महेन्द्रसिंह धोनीले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ खेल्ने पक्का भएको छ । चेन्नई सुपर किंग्सका कप्तान धोनीले यस सिजनको अन्तिम खेलमा राजस्थान रोयल्सविरुद्ध खेलकोक्रममा टसको समयमा आफूले अर्को सिजन खेल्ने पुष्टि गरेका छन् ।

साविक विजेता तथा चार पटकको च्याम्पियन चेन्नई यस सिजनमा प्लेअफबाट बाहिरि सकेको छ । धोनीले यस सिजनको सुरुवाती समय भने कप्तानी रविन्द्र जडेजालाई हस्तान्तरण गरेका थिए । बढ्दो उमेरको कारण धोनीले यस सिजनपछि आइपिएल नखेल्ने अनुमान गरिएको थियो ।

जडेजाको कप्तानीमा चेन्नई ८ खेलमध्य ६ खेलमा पराजित भएपछि धोनी कप्तानमा फर्किएका थिए । धोनीले २००८ देखिनै चेन्नईको कप्तानी गर्दै आएका छन् । धोनी उमेरले ४० वर्षका भएपनि मैदानमा भने आफ्नो फिनिसर छविलाई निरन्तरता दिँदै आएका छन् ।

यस सिजनमा धोनीले १३ खेलमा १ अर्धशतकसहित २ सय ६ रन बनाएका छन् । धोनी भारतमात्र नभएर विश्वका एक उत्कृष्ट कप्तान, विकेटकिपर र फिनिसर हुन् । धोनीको कप्तानीमा चेन्नईले सन् २०१०, २०११, २०१८ र २०२१ को उपाधि जितेको थियो । २००८, २०१२, २०१३, २०१५ र २०१९ मा उप विजेता बनेको थियो ।

धोनीको कप्तानीमा चेन्नई २०२० मा पहिलो पटक लिगबाट बाहिरिएको थियो । अन्य सबै सिजनमा चेन्नई प्लेअफमा पुगेको थियो । चेन्नई इतिहासमा दोस्रो पटक २०२० र २०२२ मा प्ले अफमा पुग्न नसकि बाहिरिएको हो ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.