default_image

4 years ago

May 20, 2022

चेन्नईलाई हराउँदै राजस्थान क्वालिफायरमा

265 views

0 Bookmark

एजेन्सी – राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा चेन्नई सुपर किंग्सलाई ५ विकेटले हराउँदै क्वालिफायरमा पुगेको छ । राजस्थान आफ्नो लिगको अन्तिम खेलमा जितका साथ नेटरनरेटमा लखनऊ सुपर जायन्ट्सलाई पछि पार्दै क्वालिफायर खेल्ने अवसर पाएको हो ।

जितको लागि १ सय ५१ रनको विजयी लक्ष्य पछ्याएको राजस्थानले १९.४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । राजस्थानको जितमा युवा ओपनर यशस्वी जैसवालले ४४ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ५९ रनको योगदान दिए ।

रविचन्द्रन आश्विन २३ बलमा २ चौका र ३ छक्कासहित ४० रनमा अविजित रहे । रियान पराग १० बलमा १ चौकासहित १० रन अविजित रहे । ओपनर जस बटलर २, सन्जु स्यामसन १५, देवदत्त पाडिक्कल ३ र शिम्रन हेटमायर ६ रनमा आउट भए ।

चेन्नईका प्रशान्त सोलन्कीले २ ओभरमा २० रन खर्चेर २ विकेट लिए । मोईन अली, मिचेल सान्टनार र सिमरजित सिंहले १-१ विकेट लिए ।

ब्रेबोन स्टेडियम मुम्बईमा टस जितेर ब्याटिङ रोजेको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट १ सय ५० रन बनायो । चेन्नईका मोईन अली ५७ बलमा १३ चौका र ३ छक्कासहित ९३ रनमा आउट भए । अलीले १९ बलमै अर्धशतक पूरा गरेका थिए ।जसक्रममा उनले छैटौं ओभरमा टे«न्ट बोल्टलाई एकै ओभरमा एक छक्का र पाँच चौकासहित कुल २६ रन जोडेका थिए । तर बाँकी ४३ रन जोड्न ३८ बल खेले ।

चेन्नईले सुरुवाती ७ ओभरमा १ विकेट गुमाउँदै ८३ रन बनाएको थियो । तर त्यसपछि राजस्थानले सानदार पूनरागमन गर्यो । विष्फोटक सुरुपात गरेको चेन्नईले अन्तिम १३ ओभर अर्थात ७८ बलमा ५ विकेट गुमाउँदै मात्र ६७ रन बनायो ।

सातौं ओभरको चौथो बलपछि चेन्नईले बाउन्ड्रीको रुपमा १५ औं ओभरको दोस्रो बलमा चौका प्रहार गरेको थियो । चेन्नईका ऋतुराज गायकवाड २, डेभन कन्वे १६, नारायण जगदीशन १ र अम्बाती रायुडू ३ रनमा आउट भए । महेन्द्रसिंह धोनीले २८ बलमा १ चौका र १ छक्कासहित २६ रन बनाए ।

राजस्थानका युजभेन्द्र चहलले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । ओबेद म्याकोयले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । ट्रेन्ट बोल्ट र रविचन्द्रन आश्विनले १–१ विकेट लिए ।

क्वालिफायरमा शीर्षस्थानको गुजरात टाइटन्स र दोस्रो राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । पहिलो क्वालिफायर २४ मे मा हुनेछ । क्वालिफायरको विजेता सिधैं फाइनलमा पुग्नेछ । एलिमिनेटरमा तेस्रो स्थानको लखनऊ सुपर जाउन्ट्स र चौथो स्थानको टोली भिड्ने छन् ।

राजस्थान र लखनऊको समान १८ अंक भएपनि नेटरनरेटमा माथि रहँदै राजस्थान दोस्रो स्थानमा रहेको हो । राजस्थान रोयल्सको नेटरनरेट प्लस २९८ र लखनऊको प्लस २५१ नेटरनरेट छ ।

चौथो स्थानमा बेंगलोर र दिल्ली मध्य एक टोली हुनेछन् । शनिबार दिल्लीले मुम्बईलाई हराएमा प्लेअफमा पुग्नेछ । दिल्ली पराजित हुँदा भने बेंगलोर प्लेअफमा पुग्ने समीकरण छ । चार पटकको च्याम्पियन चेन्नई योसँग दोस्रो पटक पहिलो चरणबाट बाहिरिएको हो । यसअघि २०२० मा मात्र पहिलो चरणबाट बाहिरिएको थियो ।

अंक तालिका

गुजरात १४ खेलमा १० मा जित र ४ मा हारका २० अंक जोड्दै शीर्ष स्थानमा रहँदै अन्त्य गर्यो । राजस्थान रोयल्स १४ खेलमा ९ मा जित र ५ मा हार सहित १८ अंकका साथ दोस्रो स्थानमा अन्त्य गर्यो । लखनऊ १४ खेलमा ९ मा जित र ५ मा हार सहित १८ अंकका साथ तेस्रो स्थानमा छ ।

बेंगलोर १४ खेलमा ८ मा जित र ६ मा हार सहित १६ अंकका साथ चौथो स्थानमा छ । दिल्ली १३ खेलमा ७ मा जित र ६ मा हार सहित १४ अंक जोड्दै पाँचौं स्थानमा छ । कोलकाता नाइट राइडर्स १३ खेलमा ६ मा जित र ८ खेलमा हार सहित छैटौं स्थानमा रहँदै बाहिरिएको छ ।

पन्जाब १३ खेलमा ७ मा जित र ६ मा हार बेहोर्दै १२ अंक जोड्दै साथ सातौं स्थानमा । हैदराबाद १३ खेलमा ६ मा जित र ७ मा हार सहित आठौं स्थानमा छ । चेन्नई १४ खेलमा ४ मा जित र १० मा हार सहित नवौं स्थानमा छ । मुम्बई १३ खेलमा ३ मा जित र १० मा हार सहित पुछारमा छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.