4 years ago
May 21, 2022
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा दिल्ली क्यापिटल्स मुम्बई इन्डियन्ससँग पराजित भएसँगै रोयल च्यालेन्जर्स बेंगलोर प्लेअफमा पुगेको छ । निर्णायक खेलमा दिल्ली ५ विकेटले पराजित भएपछि बेंगलोर १६ अंकका साथ अन्तिम चारमा रहेर प्लेअफमा पुगेको हो ।

जितको लागि १ सय ६० रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले १९.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । मुम्बईका ओपनर ईशान किशनले ३५ बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ४८ रन बनाए । युवा ब्याटर डेवाल्ड ब्रेभिसले ३३ बलमा १ चौका र ३ छक्कासहित ३७ रन जोडे ।
टिम डेविडले ११ बलमा २ चौका र ४ छक्कासहित ३४ रन जोडेपछि मुम्बईको जित सहज बनेको थियो । तिलक बर्माले २१ र रमनदीपसंहले १३ रन बनाए । दिल्लीका शार्दुल ठाकुरले ३ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । एनरिच नोर्कियाले ४ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए । कुलदीप यादवको नाममा १ विकेट रह्यो ।

त्यसअघि वानखडे स्टेडियम मुम्बईमा टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५९ रन बनायो । दिल्लीका रोभम्यान पावेलले ३४ बलमा १ चौका र ४ छक्कासहित सर्वाधिक ४३ रनको योगदान दिए । ऋषभ पन्त ३४ बलमा ४ चौका र १ छक्कासहित ३९ रनमा आउट भए ।
एक समय ८.४ ओभरमा ५०–४ को कमजोर अवस्थामा पुगेको दिल्लीलाई पाँचौं विकेटका लागि पन्त र पावेलले ७५ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । पन्त रमनदीप सिंहको बलमा एज लागेर आउट भए ।
दिल्लीका ओपनर पृथ्वी शा २३ बलमा २ चौका र १ छक्कासहित २४ रनमा आउट भए । डेभिड वार्नर ५, मिचेल मार्श गोल्डेन डक र शरफराज खान १० रनमा आउट भए । अक्षर पटेलले १० बलमा २ छक्कासहित १९ रनमा अविजित रहे ।

मुम्बईका जस्प्रित बुमराहले ४ ओभरमा २५ रन खर्चेर ३ महत्वपूर्ण विकेट लिए । रमनदीप सिंहले २ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । मयंक मारकान्डे र ड्यानियल साम्सले १-१ विकेट लिए ।
पहिलो क्वालिफायरमा मंगलबार शीर्षस्थानको गुजरात टाइटन्स र दोस्रो स्थानको राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । बुधबार एलिमिनेटरमा बेंगलोर र लखनऊ सुपर जायन्ट्सबीच प्रतिस्पर्धा हुनेछ ।
दिल्ली यस खेलमा विजयी हुँदा १६ अंकका साथ नेटरनेटमा माथि रहँदै क्वालिफायर खेल्ने समिकरण थियो । तर मुम्बईको हारले १४ अंकमै रोकिएको हो । आफूले चाँहे जस्तै नतिजा आएपछि बेंगलोर १६ अंकका साथ एलिमिनेटरमा लखनऊसँगको भेट पक्का गरेको हो ।
पहिलो क्वालिफायरको विजेता टोली सोझै फाइनलमा पुग्नेछ । पराजित हुने टोलीले एलिमिनेटरको विजेतासँग दोस्रा क्वालिफायर खेल्नेछ । आइपिएलको दोस्रो क्वालिफायर २७ मे र फाइनल २९ मे मा अहमदाबादमा हुनेछ ।
अंक तालिका
गुजरात १४ खेलमा १० मा जित र ४ मा हारका २० अंक जोड्दै शीर्ष स्थानमा रहँदै अन्त्य गर्यो । राजस्थान रोयल्स १४ खेलमा ९ मा जित र ५ मा हार सहित १८ अंकका साथ दोस्रो स्थानमा अन्त्य गर्यो । लखनऊ १४ खेलमा ९ मा जित र ५ मा हार सहित १८ अंकका साथ तेस्रो स्थानमा छ ।
बेंगलोर १४ खेलमा ८ मा जित र ६ मा हार सहित १६ अंकका साथ चौथो स्थानमा छ । दिल्ली १४ खेलमा ७ मा जित र ७ मा हार सहित १४ अंक जोड्दै पाँचौं स्थानमा छ । कोलकाता नाइट राइडर्स १३ खेलमा ६ मा जित र ८ खेलमा हार सहित छैटौं स्थानमा रहँदै बाहिरिएको छ ।
पन्जाब १३ खेलमा ७ मा जित र ६ मा हार बेहोर्दै १२ अंक जोड्दै साथ सातौं स्थानमा । हैदराबाद १३ खेलमा ६ मा जित र ७ मा हार सहित आठौं स्थानमा छ । चेन्नई १४ खेलमा ४ मा जित र १० मा हार सहित नवौं स्थानमा छ । मुम्बई १४ खेलमा ४ मा जित र १० मा हार सहित पुछारमा छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]